Home » » महिलामा सन्तान नहुनुको मुख्य कारणहरु:

महिलामा सन्तान नहुनुको मुख्य कारणहरु:

कुनै कुनै स्त्रीहरुले सन्तान जन्माउन
सक्दैनन् । त्यस्तो अवस्थालाई बाँझोपन भनिन्छ ।
यस्ता दम्पती मध्ये धेरैले
आफ्नो जीवन एक्लो र फिका अनुभव गर्दछन्
। समाजमा सन्तान नहुनेलाई
अपुतो भनी हेला गर्ने चलन छ ।
यस्ता मान्छेहरुको सन्तान नहुनुका कारणहरु
पत्ता लगाउन सकेमा बाँझोपनको उपचार गर्न सकिन्छ ।

– वीज
ग्रन्थीको खराबीले
गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु


वीजवाहिनी नलीहरुमा केही अवरोध
हुनु । यस्तो भएमा अपरेशनबाट ठीक
हुनसक्छ ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।
– योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर
शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।

– ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक
खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित
आमाको बारम्बार गर्धपतन भइरहन्छ ।

– रगतको ज्यादै नै कमी भएर पनि गर्भ
रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन
चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।

– आयोडिनको कमी हुनु ।
यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म
खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन
त्यहाँ उब्जेको,
फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ ।
त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।

– गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने
बित्तिकै राम्रो उपचार गर्ने
अङ्गहरुमा टी.बी.
जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै
उपचार गराउनु पर्छ ।

– स्त्री रागरसको कमी हुनु ।
कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ । -स्वास्थ्य
खबर पत्रिका

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved