Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

प्याज खाय फाइदै फाइदा !BENEFITS OF ONION

धेरै फाइदा गर्छ प्याजले
प्याज आलुपछि सबैभन्दा बढी खाइने
तरकारीमा पर्छ ।

प्याजका फाइदा कम छैनन् । सास गनाउँछ भनेर युवा वर्ग
यसको सेवनबाट
हच्किने गरेको देखिन्छ । तर तिनले के भुल्नु हुँदैन भने, प्याज
राम्रो तरकारीका साथै अति राम्रो औषधि समेत हो ।
प्याजमा केलिसिन
र राइबो फलेबिन -भिटामिन बी) पर्याप्त मात्रामा हुन्छ ।
प्याजमा ११
प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यसमा गन्ध हुनुको कारण
यसमा एन-प्रोपाइल
डाइसल्फाइड हुनु हो । यो पदार्थ
पानीमा घुलनशील
एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित
उपयोगले
ग्यास्टि्रक अल्सरबाट बचाउ हुन
सक्छ । यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा
गरिएको अध्ययनले
यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम
हुने
देखाएको छ । केही अन्य अध्ययनले प्याजको नियमित
उपयोगबाट
पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुने उल्लेख
गरेका छन् ।
प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको
स्तरमा समेत
कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार,
प्याजमा एन्टिब्याक्टेरियल
र एन्टिफंगल गुण समेत हुन्छ ।
आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने-नपच्ने र
झाडापखालामा उपयोगी हुने उल्लेख छ ।
योजीवाणुरोधी, तनावरोधी,
पीडानाशक, मधुमेह नियन्त्रक,
पत्थरी विरोधी र वाथरोधी मानिन्छ

प्याज प्राचीन कालदेखि नै कति उपयोगी रहँदै
आएको छ
भने, मिश्रको पिरामिडका निर्माताहरूसमेत प्याज खान्थे रे ।
पिरामिडका ममी -मानव शवह) रूपमा समेत प्याज
पाइएको छ ।
प्याजलाई छालामा दल्दा कपाल बढ्ने जनविश्वास समेत छ ।
एक शेयर गर्न नबिर्सनूहोला"

Free NTC 2G/3G Internet Trick For Android And Symbain In Nepal

Try once dont say it dsnt work without trying 100% works and  dont comment without trying!! For Android and Symbian users
Steps:

- Use  internet as much as you want. but dont exceed your balance amount.

- When you dont want to use net anymore  then transfer all the amount to another number u know leaving 1 paisa in ur account.

Eg. If you have 16.14 rs in your balance, transfer Rs 16.13 that is equivalent
1613 paisa. But you must leave 1 paisa in to be able to transfer.
(Do not turn off Data untill u transfer the money)

Note : If you fear loosing your balance, do the transfer as soon as you connect to internet.

Note : You can still use internet with 1 paisa in your account. If you are
lucky, you can browse internet with 1 paisa for more than 3 MB .

Note : As we know ntc used to deduce balance for data uese later n keep it in credit bt that system is already removed by ntc so dont worry  your balance will not be deduced later.

आँखा पाक्दा (Conjunctivitis) हुँदा के गर्ने ? के नगर्ने ?

सामान्य भाषामा आँखा पाकेको भनिने Conjunctivitis धेरै
जसो ब्याक्टेरिया, भाईरस वा एलर्जी ले गर्दा हुने गर्दछ
। अनि यो सजिलै संग संक्रमित हुन सक्ने हुँदा निम्न
कुरा हरुको ध्यान दिनु पर्छ ।

के गर्ने?

१) आँखालाई धुलो बाट बचाउने ।
२) सफा कपडा वा रुमालले मात्र आँखा पुछ्ने ।
३) चस्मा वा गोगल प्रयोग गर्ने। यसले संक्रमनलाई कम गर्छ ।
४) हात बेला- बेला मा साबुन-पानी ले धुने ।
५) डाक्टरको सल्लाह अनुसार मात्र दबाईको प्रयोग गर्ने ।

के नगर्ने?

१) आँखा धेरै नछुने अनि नमिच्ने ।
२) आफुले व्यवहार गरेको रुमाल, चस्मा आदि अरुलाई प्रयोग गर्न
नदिने ।
३) कन्टयाक लेन्सको प्रयोग नगर्ने ।
४) आँखामा मेकअप को प्रयोग नगर्ने ।
५) अरु को आई-ड्रोप प्रयोग नगर्ने ।

के तपाईको झ्वाट्टै भुल्ने बानी छ ? त्यसो हो भने यसरी बढाउनुहोस् स्मरणशक्ति !

जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु
भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै
बढी तनावमा रहन्छन् ।
वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक
तत्वको कमी रहेको बताएका छन् । हामीले
यहाँ यस्ता केही खानेकुराको सूचि पेश
गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले
मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन
मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

१. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण
जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ ।
गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र
रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

२. ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन्
उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ
। ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल,
प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व
पाइन्छ ।

३.स्ट्रबरी- यसमा प्रसस्त
मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले
मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट,
खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ ।
यसले सरीरमा लाभदायी जिवाणुलाई समेत
फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ ।
दहीमा एमिनो एसिड पाइन्छ जसले
दिमागी तनाव कम गरी स्मरण
शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

५. जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने
मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न
तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

६. तुलसी-
मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक
हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २-३
तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने
भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक
हुन्छ ।

८. चिया, कफी, बेसार,
दालचिनी तथा मरिचको नियमित सेवन समेत
मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न
वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

पिनासको समस्या: के हो, कसरी हुन्छ, कसरी उपचार गर्ने, कसरी बच्ने?

पिनास वा साइनोसाइटिस भनेको के हो? साइनोसाइटिस भनेको साइनस
(Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस
भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने
हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरु
ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।
यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/
Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/
Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/
Ethmoidal sinus (आँखाहरुको बीचमा),
स्फेनोइडल साइनस/Sphenoidal sinus ( इथमोइडल
साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजल
साइनसेस(Paranasal sinuses) पनि भनिन्छ। किन हुन्छ
साइनोसाइटिस? साइनोसाइटिस हुने कारण
भनेको साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट
आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु
भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द
हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।
कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप
(Polyp), ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द
गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्।
साथै चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस
हुनसक्छ। त्यस्तै रुघाको औषधीहरु
(एन्टिहिस्टामीनिक्स/Antihistaminics – जसले
नाकको तरल पदार्थ कम
गरी सुख्खा बनाउँछ)को बढि प्रयोग,
सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएको हावा)मा श्वास
लिने गर्नाले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थ म्युकस
(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस हुनसक्छ।
कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ। क)
एलर्जीक साइनोसाइटिस ख) भाइरल वा व्याक्टेरियल
संक्रमणले गर्दा हुने साइनोसाइटिस एक्युट र क्रोनिक साइनोसाइटिस
भनेका के हुन्? एक्युट साइनोसाइटिसः- ३०
दिनभन्दा कमको साइनोसाइटिस। १० दिनभन्दा कम समयसम्म रहने
साइनोसाइटिस प्राय: भाइरल संक्रमणका कारणले गर्दा हुनेगर्छ।
यदि १० दिनभन्दा बढि यो समस्या रहेमा व्याक्टेरियल कारण हुने
सम्भावना बढि रहन्छ। क्रोनिक साइनोसाइटिसः- ३ महिना वा १२
हप्ताभन्दा बढि रहने साइनोसाइटिस। प्राय: गरेर
एलर्जीक व्यक्तिहरुमा नाकभित्र मासु
पलाएको पोलिपहरु अवस्थामा साइनोसाइटिस लामो समयसम्म रहने
हुन्छ। आफूलाई साइनोसाइटिस
भएको कसरी थाहा पाउने? यसका लक्षणहरु के के
हुन्? यसका मुख्य लक्षणहरु निम्न हुन्। १) नाकबाट गन्हाउने
बाक्लो सिँगान बगिरहने, २) नाक बन्द भइरहने, ३)
टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने, ४)
सँघ्ने शक्तिमा कमि आउने आदि कसैकसैमा विशेष
गरी एक्युट साइनोसाइटिसमा ज्वरो आउने
जीउ दुख्ने पनि हुन्छ। त्यस्तै टाउको विशेष
गरी अगाडी झुक्दा दुख्ने
भारी भएको जस्तो लाग्ने हुन्छ।
म्याक्जिलरी साइनोसाइटिस भएको हो भने माथिका दाँतहरु
दुख्ने गालातिर दुख्ने र इथमोइडल साइनोसाइटिस भएको हो भने
आँखाहरुको पछाडि दुख्ने हुनसक्छ।यो पनि हेर्नुस साइनोसाइटिस र
रुघा भाइरल यु आर आइ/Viral URI (Upper Respiratory
Infections), एलर्जीक राइनाइटिस(Allergic
Rhinitis) भनेका फरक कुराहरु हुन्। रुघा र भाइरल URI
भनेका नाक र माथिल्लो श्वासप्रश्वास नलीको साधारण
संक्रमण वा इन्फ्लामेसन हो। एलर्जीक राइनाइटिस
भनेको नाकबाट लगातार पानी जस्तो तरल पदार्थ
बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हो,
यो प्राय: गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ। नाक,
श्वासप्रश्वासको नली, साइनसहरु,
घाँटी आदी एकआपसमा जोडिएका हुनाले
यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय:
लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन्। जस्तै साधारण रुघाबाट
शुरु भएर पछि साइनोसाइटिस हुनसक्छ, त्यस्तै साइनोसाइटिस, URI
एकैपल्ट पनि देखिनसक्छ। यस्ता लक्षणहरु
देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु
पद्दती अपनाउनु वा औषधी सेवन गर्नु
उचित हुन्छ। यो समस्याको लागि के के जाँचहरु गर्नुपर्ने
हुनसक्छ? साइनोसाइटिस प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने
जाँचको आधारमा नै पत्ता लाग्छ अर्थात क्लिनिकल डायग्नोसिस
गरिन्छ। तर कहिलेकाहीं यो विभिन्न
प्रकारका टाउको दुख्ने रोगहरु क्लस्टर हेडएक(Cluster
Headache), माइग्रेन हेडएक(Migraine Headache)
आदी दाँतको समस्याहरु, URI(Upper Respiratory
Tract Infections), आँखाको समस्याहरु आदीसँग
झुक्किने हुन्छ। साथै क्रोनिक साइनोसाइटिसमा लामो समयसम्म किन
साइनोसाइटिस ठिक नभएको भनी कारण थाहा पाउनुपर्ने
हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटि स्क्यान, रगतको जाँच
(सेतो रक्तकोषहरुको संख्या, प्रकार, इ एस आर/ESR, ANCA
को मात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच
कल्चर आदी गर्नुपर्ने हुनसक्छ। साथै
लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक
साइनोसाइटिसहरुको बारेमा नाक कान घाटी रोग विशेषज्ञसँग
छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।
यसको उपचार के हो? साइनोसाइटिस प्राय: गरेर भाइरल
संक्रमणका कारणले गर्दा हुने भएकोले यसको उपचार सिमटोम्याटिक
अर्थात लक्षणहरुको उपचार गर्ने हुन्छ। भाइरल
साइनोसाइटिसमा एन्टिबायटिकले काम गर्दैन र ७ देखि १० दिनमा यो आफैं
ठिक भएर जान्छ। हाम्रोमा यस्ता समस्याहरुमा एन्टिबायटिक प्रयोग
नगर्ने डाक्टर र एन्टिबायटिक खान नखोज्ने विरामी विरलै
भेटिन्छन्, जसले गर्दा एन्टिबायटिकहरुको दुरुपयोग बढ्दो मात्रामा हुने
गर्छ। यसको उपचारमा प्रयोग गरिने औषधीहरु:- १)
टपिकल डिकन्जेस्टेन्ट(Topical Decongestant) वा नाकभित्र
प्रयोग गरिने बन्द नाक खुलाउने औषधीहरु। जस्तै
अक्सीमेटाजोलीन/ Oxymetazoline २)
टपिकल स्टेरोइड(Topical Steroid) – सिस्टेमीक
स्टेरोइडले भने साइनोसाइटिसमा केहि फाइदा गर्दैन। ३) म्युकोलाइटिक
(Mucolytic) – यसले नाकको स्रावलाई पातलो बनाएर यसले
साइनसहरुको बन्द मुख खोल्नुका साथै साइनस सफा गर्न पनि मद्दत
गर्छ। ४) दुखाइ ज्वरोका औषधीहरु(Painkillers) –
पारासिटामोलले साइनोसाइटिसको ज्वरो टाउको दुखाइमा काम गर्छ। ब्रुफेन,
इन्डोमेथासिन जस्ता पेनकिलरहरुको धेरै प्रयोग गर्नु हुदैंन। ५)
एन्टिबायटिक्स(Antibiotics) – भाइरल साइनोसाइटिसमा यसले
केहि काम गर्दैन। हुनसक्ने सम्भावित व्याक्टेरियल संक्रमणलाई
रोक्न यसको प्रयोग गर्न सकिन्छ तर त्यसो गर्दा फाइदा र
बेफाइदा राम्रोसँग विचार गरेर मात्र प्रयोग गर्ने गर्नुपर्छ।
व्याक्टेरियल संक्रमण हुनसक्ने अवस्थाहरु (उच्च ज्वरो आउने,
एक्कासी अनुहार दुख्ने, सुन्निने, रातो हुने भएमा, १०
दिनभन्दा लामो समयसम्म ठिक नभएमा, लक्षणहरु पहिला कम
भएर फेरी दोहोरिएमा) मा भने
एमोक्सीसीलिन, एमोक्सी-
क्लाभ, एजिथ्रोमाइसिन, सेफाक्लोर
आदी एन्टिबायटिकहरुको प्रयोगले फाइदा गर्ने गर्छ।
यसको साथै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ।
पानी मात्रको वाफ वा पानीसँग भिक्स,
सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र
श्वासनलीहरु केहि खुल्न गई आराम महसुस
हुन्छ। त्यस्तै मनतातो पानी वा नुनपानीले
नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ।
मनतातो पानीमा कपडा वा रुमाल भिजाएर
निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ।
साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ? १)
पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले
शरीरमा पानीको मात्रा कमि हुन दिदैन र
साइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ। २) नियमित
रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने
बानी गर्नुपर्छ। ३) धेरै
सुख्खा हावापानीबाट बच्नुपर्छ।
नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराब
असर पुर्याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु
एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।

दांत दुखेको छ ?? अपनाउनुहोस यी उपायहरु =:

दांत राम्ररी सफा नगर्नाले, बिहान बेलुका दिनहु राम्रो संग
ब्रस नगर्नाले हामीले खाएको खानेकुराहरुको टुक्राहरू
दाँतको कुनामा रहन्छ |

धेरै समय सम्म यसरि रहदा त्यहि कुहिन्छ, यसरि कुहिदा दात
मा किरा लाग्ने गर्दछा साथै दात को जरा खुकुलो हुन्छ र दात दुख्ने
गर्दछ |

त्यसैले बिहान बेलुका वा खान खाएपछि दिन को २ पटक राम्रोसंग दात
ब्रस गर्ने गर्नु पर्दछ तर यदि तपाइको दात दुखिसकेको छ भने तल
दिइएको कुनै उपाय अपनाउन सक्नु हुन्छ जसले गर्दा तपाइँ लाइ
निक्कै राहत मिल्नेछ |

लसुनको एक कोस्रा थोरै बिरे नुन (आयुर्वेदिक पशल मा पाइन्छ) संग
पिसेर (पिधेर) दुखेको दात मा राम्रो संग थिचेर राख्यो भने दातको दुखाई
हराउछ |

दिनहु एक कोस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले
दात को दुखाई बाट छुटकारा मिल्छ |

यदी दांत किराले खाएको छ र दुखेको छ भने किराले खाएर
दुखेको भागमा अलिकति हिङ राख्दा दांतको दुखाई धेरै हद सम्म कम
हुन्छ |

खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने
जस्ता समस्या हरु देखा पर्छन तर अलिकति खैनी संग
नुन राखेर पिसेर दिनहु दांत ब्रस गर्नाले दांत को दुखाई बाट
मुक्ति मिल्छ |

दांत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत
मिल्दछ |

प्याज लाइ कुटेर किराले खाएको दांतमा राख्यो भने पनि दुखाई कम हुन्छ
|

ल्वाङ को तेलमा कपास भिजाउनु होस् र किरा लागेको दांतमा राख्नु
भयो भने पनि दुखाई कम हुन्छ |

दांत दुख्ने व्यक्तिहरुले दिनमा ३-४ पटक ल्वाङ मुखमा राखेर
चुस्दा फाइदा हुन्छ |

पुदिनाको पात लाइ पिधेर किरा लागेको दांतमा मा राख्नाले दुखाइ धेरै कम
हुन्छ |
हिङ र कागती मिलाई पेस्ट बने दांत ब्रस गर्नाले पनि धेरै
फाइदा हुन्छ |
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!

डिप्रेसन–लक्षण, प्रकार र उपचार =

सामान्य खालका मानसिक रोग लाग्ने समस्या मानिसमा डर लागिरहने, मुटु
ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने
समस्या हुन्छ। जुन औषधी सेवन र
साइकोथेरापी गरे निको हुन्छ। कनभर्सन डिसोसिएटिभ
डिसअर्ड –अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास
फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने
एउटा अर्को भई बोल्ने काम्ने, बिर्सने आदि लक्षण लिई
यस्ता बिरामी अस्पताल आउँछ्न। टाउको दुखने समस्या–
मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन
हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै
लामो समस्या लिएर आउँछन्। बालबालीकामा देखिने
मनोवैज्ञानिक समस्या– बालबालीकामा चकचक गर्ने,
रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने,
एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन
वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ । इजेशन डिसअर्डर–
यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका लिएर
बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने,
हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ
पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्।
विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै
खराबी देखिदैन, जुन साइकोलोजिकल कारणले
भएको उनीहरुलाई थाहानै हुँदैन।
कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर
भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।
बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग–महिलाहरु
बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको, डिप्रेसन
भएको महसुस गर्दछन्। यस्तो रोग
उपचारपछि पूर्णरुपमा निको हुन्छ। निद्राको समस्या– मानिसमा निदाउन
गाह्रो हुने, निद्रामा डराउने,निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार
गरे निको हुन्छ। मध्यम खालका मानसिक रोग डिप्रेसन९
यो रोगका विरामीहरु निराश हुने, दिक्क हुने, बारम्बार रुने,
हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र
कतिपय बिरामीले आत्महत्या गरेको पनि पाईएको छ।
डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो।
जीवनभरमा २०९२५५ मानिसमा डिप्रेशन हुन्छ। यो उपचार
गरे निको हुने रोग हो । लागु औषधी र
रक्सीको समस्या९ खासगरी स्कूल जाने,
हाईस्कूल तथा कलेज जाने
विधार्थी लागूऔषधी सेवन गर्ने
कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका अयगनज
कथचगउरखोकिको औषधी, गाँजा, हिरोईन
जस्ता औषधी लिँदा मस्तिष्कमा असर पर्दछ।
उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय
अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न
भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो।
जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन
उसको रक्सिको मात्रा बढ्न थाल्छ। पछि ऊ बिहान
पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग
जस्तो काम्ने देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग,
कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने
संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न
सकिन्छ। छारेरोग– अचानक शरीर कडा हुने, काम्ने र
बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धेरै
बिरामी आउँछन्। कतिपय बच्चामा एक देखि दुई मिनेट टोलाई
मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे
निको हुन्छ। यो रोगमा औषधी लामो समयसम्म सेवन
गर्नुपर्छ। अब्जेसिभ कम्पल्सिभ डिसअर्डर– यो यस्तो रोग हो,
जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाई र दृश्यहरु
आईरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाई आउनाले
विरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले
उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई
सकेपछि पटकपटक हेर्नुपर्ने, हात बारम्बार धोई रहनुपर्ने
आदि समस्या रहन्छ। सुस्त मनस्थिति–
यस्ता बिरामीमा वौद्धिक क्षमता कम हुन्छ। दैनिक
जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने
कुरामा निकै पछि पर्छन्। उपचार गरे बिरामी राम्रो हुन्छन्
तर उनीहरुलाई सीप सिकाई वौद्धिक
क्षमता अनुसारको काम लगाउनु पर्दछ। कडा मानसिक रोग बाईपोलर
एफेक्टिभ डिसअर्डर– माथी वर्णन गरे जस्तै कहिले
मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाईपोलर एफेक्टिभ
डिसअर्डर भनिन्छ । मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई
बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। यो रोग चार देखि पाँच
महिना बढ्ने र त्यसपछि निको हुने फेरि एक देखि दुई
वर्षमा अर्को पटक उही समस्या देखिने हुन्छ।
सिजोफ्रेनिया– यो यस्तो रोग हो जसमा बिरामीलाई आफू
बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै
बस्दा कानमा आवाज आउँछ, बिरामी अरुसंग शंका गर्ने,
संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर
गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।डिप्रेसन–लक्षण, प्रकार र उपचार
सामान्य खालका मानसिक रोग लाग्ने समस्या९ मानिसमा डर लागिरहने,
मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने
समस्या हुन्छ। जुन औषधी सेवन र
साइकोथेरापी गरे निको हुन्छ। कनभर्सन डिसोसिएटिभ
डिसअर्ड –अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास
फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने
एउटा अर्को भई बोल्ने काम्ने, बिर्सने आदि लक्षण लिई
यस्ता बिरामी अस्पताल आउँछ्न। टाउको दुखने समस्या–
मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन
हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै
लामो समस्या लिएर आउँछन्। बालबालीकामा देखिने
मनोवैज्ञानिक समस्या– बालबालीकामा चकचक गर्ने,
रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने,
एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन
वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ । इजेशन डिसअर्डर–
यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका लिएर
बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने,
हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ
पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्।
विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै
खराबी देखिदैन, जुन साइकोलोजिकल कारणले
भएको उनीहरुलाई थाहानै हुँदैन।
कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर
भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।
बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग–महिलाहरु
बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको, डिप्रेसन
भएको महसुस गर्दछन्। यस्तो रोग
उपचारपछि पूर्णरुपमा निको हुन्छ। निद्राको समस्या– मानिसमा निदाउन
गाह्रो हुने, निद्रामा डराउने,निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार
गरे निको हुन्छ। मध्यम खालका मानसिक रोग डिप्रेसन९
यो रोगका विरामीहरु निराश हुने, दिक्क हुने, बारम्बार रुने,
हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र
कतिपय बिरामीले आत्महत्या गरेको पनि पाईएको छ।
डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो।
जीवनभरमा २०९२५५ मानिसमा डिप्रेशन हुन्छ। यो उपचार
गरे निको हुने रोग हो । लागु औषधी र
रक्सीको समस्या९ खासगरी स्कूल जाने,
हाईस्कूल तथा कलेज जाने
विधार्थी लागूऔषधी सेवन गर्ने
कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका अयगनज
कथचगउरखोकिको औषधी, गाँजा, हिरोईन
जस्ता औषधी लिँदा मस्तिष्कमा असर पर्दछ।
उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय
अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न
भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो।
जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन
उसको रक्सिको मात्रा बढ्न थाल्छ। पछि ऊ बिहान
पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग
जस्तो काम्ने देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग,
कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने
संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न
सकिन्छ। छारेरोग– अचानक शरीर कडा हुने, काम्ने र
बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धेरै
बिरामी आउँछन्। कतिपय बच्चामा एक देखि दुई मिनेट टोलाई
मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे
निको हुन्छ। यो रोगमा औषधी लामो समयसम्म सेवन
गर्नुपर्छ। अब्जेसिभ कम्पल्सिभ डिसअर्डर– यो यस्तो रोग हो,
जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाई र दृश्यहरु
आईरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाई आउनाले
विरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले
उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई
सकेपछि पटकपटक हेर्नुपर्ने, हात बारम्बार धोई रहनुपर्ने
आदि समस्या रहन्छ। सुस्त मनस्थिति–
यस्ता बिरामीमा वौद्धिक क्षमता कम हुन्छ। दैनिक
जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने
कुरामा निकै पछि पर्छन्। उपचार गरे बिरामी राम्रो हुन्छन्
तर उनीहरुलाई सीप सिकाई वौद्धिक
क्षमता अनुसारको काम लगाउनु पर्दछ। कडा मानसिक रोग बाईपोलर
एफेक्टिभ डिसअर्डर– माथी वर्णन गरे जस्तै कहिले
मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाईपोलर एफेक्टिभ
डिसअर्डर भनिन्छ । मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई
बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। यो रोग चार देखि पाँच
महिना बढ्ने र त्यसपछि निको हुने फेरि एक देखि दुई
वर्षमा अर्को पटक उही समस्या देखिने हुन्छ।
सिजोफ्रेनिया– यो यस्तो रोग हो जसमा बिरामीलाई आफू
बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै
बस्दा कानमा आवाज आउँछ, बिरामी अरुसंग शंका गर्ने,
संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर
गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved