नुवाकोट,कात्तिक १५ –
बोक्सीको आरोपमा नुवाकोटको बेतिनीमा एक
महिलाको कपाल मुन्डन गरिएको छ । बेतिनी–५
की एक महिलालाई स्थानीयले
बोक्सीको आरोप लगाई कपाल मुन्डन गर्नुको साथै
कुटपिट तथा दुव्र्यबहार गरेका हुन् ।
महिलालाई दुब्र्यबहार गरेको आरेपमा नुवाकोट
प्रहरीले सुनीमाया तामाङ र
मनमाया तामाङलाई पक्राउ गरेको छ ।९ कात्तिक साझँ ५ बजे
स्थानीय महिलाले कपाल हँसियाले काटेका थिए ।
उनीहरुले मलमुत्र खुवाउने प्रयाससमेत गरेको र
शरीरको विभिन्न स्थानमा चोटलाग्ने
गरी कुटपिटसमेत गरेको पीडित महिलाले
बताएकी छन् ।
पीडितले नाम नै किटान
गरी दिएको उजुरीका आधारमा पीडक
सुनीमाया तामाङ र मनमायालाई पक्राउ गरिएको हो ।
0 comments:
Post a Comment