Showing posts with label राष्ट्रिय समचार. Show all posts
Showing posts with label राष्ट्रिय समचार. Show all posts

आगोलागी हुँदा पुरानो मालपोत कार्यालय नस्ट

पोखरा, कात्तिक २०–
पोखराको बिन्ध्वासिनी परिसरमा रहेको पहिलो सरकारी भवन
आगालागीले नस्ट भएको छ । पोखरा २
विन्ध्यवासीनीमा रहेको भवन
आगालागीले नस्ट भएको हो ।
विन्ध्यवासीनि मन्दिर तल रहेको पुरानो माल
अड्का रुपमा पनि सो भवन परिचित रहेको थियो ।

बुधबार दिउँसो विद्युत सर्ट भइ
आगो लागिभएको कास्की प्रहरीले
जनाएको छ । पोखराको पुरानो भवन भएकाले पुरातात्वीक
भवन नस्ट भएको बिन्ध्यवासिनी क्षेत्रविकास
समितका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।
भवनमा कलात्मक ढंगले कुदेर बनाएका काठका टुँडाल,
झ्यालढोका समेत जलेर नष्ट भएको बताइएको छ ।
उक्त भवनको पहिलो तलामा पोखरेली युवा साँस्कृतिक
परिवारको कार्यलय रहेको थियो ।

भने
दोश्रो तलामा प्रहरीको (लठ्ठी, दगा)
नियन्त्रण गर्न प्रयोग गरिने ढाल समेत जलेर नष्ट
भएको बताइएको छ ।
प्रहरी केही समय
अस्थायी रुपमा त्यहाँ बसेको थियो ।
केही महिना अगाडी मात्रै
प्रहरी त्यहाँ बस्न छाडेको थियो ।

बोक्सी आरोपमा नुवाकोटमा हँसियाले कपाल मुडियो


नुवाकोट,कात्तिक १५ –
बोक्सीको आरोपमा नुवाकोटको बेतिनीमा एक
महिलाको कपाल मुन्डन गरिएको छ । बेतिनी–५
की एक महिलालाई स्थानीयले
बोक्सीको आरोप लगाई कपाल मुन्डन गर्नुको साथै
कुटपिट तथा दुव्र्यबहार गरेका हुन् ।
महिलालाई दुब्र्यबहार गरेको आरेपमा नुवाकोट
प्रहरीले सुनीमाया तामाङ र
मनमाया तामाङलाई पक्राउ गरेको छ ।९ कात्तिक साझँ ५ बजे
स्थानीय महिलाले कपाल हँसियाले काटेका थिए ।

उनीहरुले मलमुत्र खुवाउने प्रयाससमेत गरेको र
शरीरको विभिन्न स्थानमा चोटलाग्ने
गरी कुटपिटसमेत गरेको पीडित महिलाले
बताएकी छन् ।
पीडितले नाम नै किटान
गरी दिएको उजुरीका आधारमा पीडक
सुनीमाया तामाङ र मनमायालाई पक्राउ गरिएको हो ।

Free NTC 2G/3G Internet Trick For Android And Symbain In Nepal

Try once dont say it dsnt work without trying 100% works and  dont comment without trying!! For Android and Symbian users
Steps:

- Use  internet as much as you want. but dont exceed your balance amount.

- When you dont want to use net anymore  then transfer all the amount to another number u know leaving 1 paisa in ur account.

Eg. If you have 16.14 rs in your balance, transfer Rs 16.13 that is equivalent
1613 paisa. But you must leave 1 paisa in to be able to transfer.
(Do not turn off Data untill u transfer the money)

Note : If you fear loosing your balance, do the transfer as soon as you connect to internet.

Note : You can still use internet with 1 paisa in your account. If you are
lucky, you can browse internet with 1 paisa for more than 3 MB .

Note : As we know ntc used to deduce balance for data uese later n keep it in credit bt that system is already removed by ntc so dont worry  your balance will not be deduced later.

दुर्घटनामा ६ जनाको मृत्यु (अपडेट)

कात्र्तिक ६
महेन्द्र राजमार्गको निजगढ–
हेटौंडा सडकखण्डको तीन नम्बर पुल
नजिकै बस, ट्रक र ट्यांकर आपसमा ठोेक्किंदा ६
जनाको मृत्यु भएको छ ।

आज बिहान
वीरगञ्जबाट हेटौंडातर्फ
आइरहेको ना४ख १५४४ नम्बरको बससग ना३ख
६२८५ नम्बरको र ना२ख८७११ नम्बरको ट्यांकर
ठोक्किएको थियो । ट्रक र ट्यांकर ओभरटेक गर्ने
क्रममा बससग
ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्

दुर्घटनामा परि ५ जनाको घटनास्थलमै र १
जनाको नारायणी अस्पताल
वीरगंजमा उपचारको क्रममा मृत्यु
भएको हो । मृत्यु
हुनेमा खुटुवा पसौवी गाविसका २२
वर्र्षीय अमृतकुमार साह,
बारा मनोहरा ७ की ५७
वर्षीय कुन्तादेवी दाहाल,
बसका चालक बुनियाद गाविसका ७ का सर्वजितप्रसाद
यादव छन् । यस्तै
धादिङ घर भई वीरगंज विद्युत
प्रधिकरणमा कार्यरत  ४५ वर्षीय
लक्ष्मी तामाङ र उनका १२
वर्षीय छोरा प्रवेश तामाङको पनि मृत्यु
भएको छ । अन्दाजी ५५
वर्षीय महिलाको भने सनाखत हुन
सकेको छैन ।
दुर्घटनामा २६ जना घाइते मध्ये ३
जनाको दुगौडी अस्पतालमा र १५
जनाको चितवन भरतपुर अस्पताल र ७
जनाको वीरगंजमा अस्पतालमा उपचार
भइरहेको छ भने ५ जना गंम्भीर घाइते
छन् ।

हिउँ-तूफानका कारण २१ पर्वतारोहिको मृत्यु, ८५ जना बेपत्ता

फोटो- अन्नपूर्ण क्षेत्रस्थित थोरंग-लामा हिउँ-
तूफानको शिकारमा परेकाहरुलाई अस्पताल लाँदै
नेपाली सेनाका जवानहरु ।

अशोज-३०, काठमाडौँ । अन्नपूर्ण क्षेत्रमा आएको हिउँ-
तूफानका कारण २१ पर्वतारोहीहरु मारिएका छन् ।
बुधवार पश्चिमी मुस्ताङ र मनाङ
जिल्लामा आएको उक्त तूफान पछी ८५
पर्वतारोही बेपत्ता भएका छन् ।

मुस्ताङ र मनाङ जिल्लामा आएको उक्त तूफानको कारण हिमालय
क्षेत्रमा चारदेखि पाँच मीटरसम्म बरफ जमेको छ ।
अधिकारिहरुको अनुसार मुस्तांग जिल्लामा १६ मानिस मारिएका छन् ।
जसमा नेपालका ९, पोल्याण्ड र इजरायलका ३-३
तथा भीयतनामका १
जना पर्वतारोही शामिल थिए । उक्त ठाउँमा १९
जना घाइते बनेका छन् । यसको अलावा मनांग
जिल्लामा बर्फीले तूफानको कारण
पाँचजना मारिएका छन् । जसमा एक भारतीय र
बाकी चार क्यानडाका नागरिक रहेका छन् ।

नेपाली सेनाले बताए अनुसार मुस्तांग क्षेत्रबाट १८
विदेशी पर्वतारोहिहरुको सुरक्षित रुपमा बचाईएको छ
। ट्रैकिंग एजेन्सीका एक कर्मचारीले
बताए अनुसार उनले बरफ जमेको पहाडमा २४-२५ जनाको लास
देखेका छन् । नेपाली सेना उद्दारमा लागेको छ ।

बाघको आक्रमणबाट १ जनाको मृत्यु:

असोज २३,
पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट १
जनाको मृत्यु भएको छ । स्थानीय
नारायणी सामुदायिक वनबाट निस्किएको बाघले
दिव्यनगर ५ का ४५ बर्षीय शुकराम
बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ
। हिजो साँझ सात बजेतिर माछा मार्न गएका बोट
विहानसम्म पनि घर नआएपछि खोज्न
जादाँ नारायणी सामुदायिक
वनको स्वीटी घोलमा बाघले
खाइरहेको अवस्थामा भेटिएको स्थानीयलाई
उद्र्धत गर्दै प्रहरीले जनाएको छ ।

आफन्तले नै खुवाए महिलालाई दिसा म्याग्दी, असोज

म्याग्दीमा एक महिलालाई आज आफन्तले
दुव्यर्वहार गर्दै दिसा खुवाएका छन् ।
बेनी नगरपालिका– ७ क्याम्पस चोककी ४२
वर्षीया कोपिला बानियाँलाई उनकी आमाजू र
भान्जीले
दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय
म्याग्दीले जनाएको छ ।
बानियाँलाई स्थानीय ५०
वर्षीया मैती थापा र २५
वर्षीया विस्सु केसीले
दिसा खुवाएको प्रहरी निरीक्षक विमलकुमार
उपाध्यायले बताए ।
पसलमा बसिरहेकी बानियाँलाई
दिसा खुवाएको जानकारी पाएपछि थापा र
उनकी छोरी केसीलाई पक्राउ
गरी अनुसन्धान सुरु
गरेको प्रहरी निरीक्षक उपाध्यायले
जानकारी दिनुभयो । “दिसा खुवाउने र पीडित दुवै
पक्ष प्रहरी कार्यालयमा छन्,” उपाध्यायले भने –
“घटनाको कारण पत्ता लगाई दोषीमाथि कानुनअनुसार
कारबाही हुन्छ ।”
थापा बानियाँकी आमाजू र
केसी भान्जी पर्छिन् । उनीहरू
छिमेकीसमेत हुन् ।
प्रहरी कार्यालयमा पुग्दासमेत बानियाँले लगाएको कपडा,
अनुहार र छातीमा दिसा देखिन्थ्यो भने
उनी रोइरहेकी थिइन् ।
उनको शरीर दिसाले दुर्गन्धित
बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा संलग्नले बानियाँलाई दिसा खुवाएको स्वीकार
गरेका छन् । आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्न
जाँदा बानियाँले अपशब्द प्रयोग गरेकाले आमाले
दिसा खुवाएको प्रहरी कार्यालयमा पुगेका सञ्चारकर्मीलाई
केसीले प्रतिक्रिया दिए ।

पीडित कोपिलाका श्रीमान् यामबहादुर बानियाँले
एक
वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा कोपिलालाई
बोक्सीको आरोप लगाएपछि मनमुटाव भएको र
सोही विषयलाई लिएर श्रीमतीलाई
दिसा खुवाएको बताए ।
पीडित र पीडक पक्षका अनुसार
यसअघि घरपरिवार र आफन्तका सदस्यबीच मनमुटाव
साम्य पार्ने प्रयास भए पनि सफल हुन सकेका छैनन् ।..

पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्लील क्रियाकलापमा संलग्न दुई महिला पक्राउ

महोत्तरीको श्रीपुर
गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै
गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले
गएराति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने
घरधनी २७
वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३०
वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने
३० वर्षीय छोटु नदाफ,
जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७
वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४
वर्षीय भोला राम
रहेको जिल्ला प्रहरी कार्यालय
महोत्तरीले जनाएको छ।
श्रीपुर–१ बस्ने रामएकवाल
रामकी पत्नी गुलाबिया देवीले
पति वैदेशिक
रोजगारीमा रहेको मौका छोपी आफूसमेत
संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै
गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट
खटिएको प्रहरी टोलीले
उनीहरुलाई रङ्गेहात पक्राउ
गरेको प्रहरी उपरीक्षक सौरभ राणाले
बताए।
तिनीहरुलाई आवश्यक
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय
महोत्तरी ल्याइएको छ। रासस

हत्या गरेको आंशकामा प्रहरीद्वारा बाबुछोरा पक्राउ:

जनकपुर, असोज २१ – धनुषमा एक
महिलाको रहस्यमय रुपमा ज्यान गएको छ ।
हत्या गरेको आशंकामा प्रहरीले
श्रीमान र ससुरालाई पक्रेको छ ।
गएको शुक्रबार बेलुका धनुषाको भूचक्रपुर–४ का २७
वर्षका हरिकान्त महतोकी २१
वर्षकी श्रीमती निलम
देवीको रहस्यमय तरिकाले ज्यान गएको थियो ।

निलमले आत्महत्या गरेको वा हत्या भएको भन्ने
अनुसन्धानका लागि निलमका पति हरिकान्त र
ससुरा भोला महतोलाई पक्रेको
ईलाका प्रहरी कर्यालय महेन्द्रनगरले
जनाएको छ । गएको शुक्रबार नै निलमको शवसहित
समातिएका दुबै जनालाई पोष्टमार्टमको रिपोर्ट नआएसम्म
छोड्न नसकिने प्रहरी निरीक्षक
कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गत शुक्रबार
बेलुका एकाएक निलमको रहस्यमय मृत्यु भएपछि कसैलाई
जानकारी नदिइ एम्बुलेन्स बोलाएर बाहिर लैजान
लाग्दा घटना सार्वजनिक भएको थियो ।

निलमले पासो लागेर आत्महत्या गर्ने प्रयास
गरेपछि उपचारको लागि लैजाँदै गर्दा बाटोमा नै ज्यान
गएको घरपरिवारले
दावी गरेपनि निलमको शरीरको विभिन्न
भागमा कुटपिटको डामहरु देखिएकोले
हत्या भएको हुनसक्ने
आशंका गरिएको निरीक्षक केसीले
बताउनुभयो । गाउँलेका अनुसार निलम र
उनका श्रीमानबीच
केहि दिनदेखि नियमित विवाद हुँदै आएको थियो ।

बोेक्सी आरोपमा महिलामाथि हिंसा

आर्थिक रुपले विपन्न, असहाय र एकल महिलालाई
कथित बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने, मानव
मलमूत्र कोच्याउने र आर्थिक जरिवाना गर्ने क्रम
बढ्दै गएको छ ।
घरमा पालेको गाईभैंसीले कम दूध दिँदा, रुख
विरुवा सुक्दा मात्र होइन, कथित बोक्सीको आरोप
लगाइएका महिलाका छोराछोरीले पढाइ राम्रो गर्दासमेत
बोक्सी मन्त्र प्रयोग गरेको भन्दै दुव्र्यवहार गर्ने
क्रम बढ्दै गएको हो ।
सिरहाको मिर्चैया क्षेत्रकी ५५ वर्षीया पतसिया देवीले
त्यस्तै नियति भोग्नुपरेको छ ।
‘मेरो जेठो छोरो एमविविएस र कान्छो आइएससी पढ्दैछ,
मैले छोराहरूलाई बोक्सीको मन्त्र प्रयोग गरेर पढाएँ
भन्दै कैयौंपल्ट गाउँलेहरूले कुटपिट र दुव्र्यवहार गरे’
पतसियाले भन्नुभयो– ‘प्रहरीकामा उजुरी गर्न
जाँदा गाउँघरमै मिलाउनुस् भन्दै फर्काइदिन्छ ।’
बोक्सी र महिला हिंसासम्बन्धी घटनाको उजुरी लिएर
जाँदा राजनीतिक दलका स्थानीय नेताहरूले
प्रहरी प्रशासनलाई प्रभावमा पारेर घटनालाई मिलाउने
गरेको गुनासो उहाँको छ ।

त्यस्तै
सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाविसकी ४५
वर्षीया रामपरी यादवले आफूलाई गाउँमा कथित
बोक्सीको आरोपमा पटकपटक दुव्र्यवहार
गरिरहेको गुनासो गर्नुभयो ।
‘विवाह गर्ने उमेरको छोराको विवाहसमेत गर्न
सकेको छैन’ उहाँले भन्नुभयो ‘बोक्सीको छोरालाई
छोरी दिनु हुँदैन भन्दै केटीको कुरा गरेको घरमा पुगेरै
भाँँडिदिन्छन् ।’ गाउँमा उल्टै कुटपिट
गरेपछि बसेको छलफलले आफूलाई गङ्गास्नान गरेर
आएपछि भोज गर्न भन्दै तीन हजार रुपैयाँ जरिवानासमेत
तिराए ।’

जिल्लामा कथित
बोक्सीको आरोपमा महिलामाथिको दुव्र्यवहार बढ्दै
गएपछि तीन वर्षअघि लहानमा तत्कालीन गृह
राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले पीडित
महिलाहरूलाई सम्मान गर्नुभएको थियो । ‘नीति निर्माण
तहमा बसेका व्यक्तित्वकै
उपस्थितिमा बोक्सीको अरोपमा प्रताडित
महिलाहरूको सम्मान गर्दा त्यसको प्रभाव त प¥यो तर
स्थानीय प्रहरीको असहयोगले
बोक्सीको आरोपमा प्रताडित महिला त्यसपछि त खुलेर
बोल्न पनि चाहँदैनन्’ महिला अधिकारकर्मी भन्छन् ।
सिरहाको मुक्सार–२ की रासोदेवी यादव, कर्जन्हा–८
प्रयागपुरकी रीतादेवी साह, चनरदेवी साह,
रधियादेवी साह, अर्नमा प्र.पि.८ की सीतादेवी महतो,
लहानकी आशादेवी राय, राजोदेवी राय, भदैया–९
वैरबोनाकी नुरजहान खातुन, दुर्गापुर–४
की गङ्गीयादेवी महतो, अमिन कुमारी महतो, सिरहा–६
बसबिट्टाकी चन्द्रकलादेवी साह त्यस्ता महिला हुन्,
उनीहरूले आफूहरू
बोक्सीको आरोपमा भएको दुव्र्यवहारविरुद्ध प्रहरीले
कडा कदम नचालेको गुनासो गरेका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले
बोक्सीको आरोपमा हिंसाका घटना भएमा दोषीलाई
हदैसम्मको कारबाही गरिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक
रामकृपाल साह प्रहरीले महिलाको सवालमा शून्य
सहनशीलताको नीति लिएकाले
मातहतका प्रहरी युनिटहरूमा आउने
महिला हिंसाका घटनालाई
कानुनी प्रक्रियामा लगिएको दाबी गर्नुहुन्छ ।
जिल्लामा सन् २०१४ को पछिल्लो नौ महिनामा पाँच
वटा बोक्सीको घटना घटेको भएपनि स्थानीयस्तरमा छलफल
गरी मिलापत्र गरिएको पाइएको छ ।

रक्त क्यान्सर भएका बच्चालाई अमेरिकाबाट सहयोग

काठमाडौ, आश्विन ३ - रक्त क्यान्सरको उपचार गराइ रहेका दुई
बर्षीया डेनिज थापाको उपचारको लागि अमेरिका बस्ने
नेपालीहरुले २ लाख ११ हजार ४ सय ७९
रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्र रतला जोशीले
संयोजन गरेर क्यालिफर्निया, ओक्लहोमा, फ्लोरिडा, जर्जिय, कन्सस
नेब्रास्का, न्यूयोर्कलगायतका स्थानमा बसोबास गर्ने
नेपालीहरुले सहयोग गरेका छन् ।

बझाङ, चैनपुर ४ का दीपक थापाका छोरा डेनिजलाई
कान्ति बाल अस्पतालमा उपचार गराइ रहेका छन् । लामो समयसम्म
उपचार गराउनु पर्ने भएकोले खर्च अभाव भएको र सहयोग गर्न
चाहनेले एभरेष्ट बैंकको सामाखुशीस्थित शाखाको ए/
सी ०४८००५०१२०२११० मा डेनिज्
थापाको नाममा रहेको खातामा सहयोग पठाउन सकिनेसमेत
दीपकले जनाएका छन् ।

स्याङ्जा ठूलाडिहीमा गोली चल्यो, १० घाइते, ३१ जना पक्राउ..

स्याङ्जा :
स्याङ्जाको ठूलाडिहीस्थित जनता उच्च माध्यमिक
विद्यालयबाट हटाएका प्राचार्य खुमबहादुर
रानाको पुनरवहाली माग गर्दै जिल्ला शिक्षा कार्यलय
घेराउ गर्नेक्रममा मंगलबार झडप भएको छ र स्थितिलाई
नियन्त्रणमा लिन प्रहरीले
गोली चलाएको छ।
विद्यार्थी, शिक्षक र अभिभावकको समूह
जबरजस्ती प्रहरीको घेरा तोड्दै
जिल्ला शिक्षा कार्यालय प्रवेश गर्न खोज्दा भएको झडपमा ३
सुरक्षाकर्मी सहित १० जना घाइते भएका छन्।
प्रहरीले सरकारी कार्यालय भित्र
प्रवेशगरी जबरजस्ती गर्न खोजेको र
प्रहरीमाथि घातक आक्रमण गरेको आरोपमा ३१ जनालाई
नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा सिमा क्षेत्री, लोकराज खनाल, नविन आले
लगायत ३ जना विद्यार्थी घाइते भएको नेपाल राष्ट्रिय
शिक्षक संगठन स्याङ्जाका अध्यक्ष यामबहादुर कुवरले
जानकारी दिए । यसैगरी,
सुरक्षाकर्मीतर्फ प्रहरी जवानहरु
रबिन्द्र यादव, मीनबहादुर कार्की र
हेमन्त राज दवाडी रहेका छन्।
स्थानीय जनता उच्च माध्यमिक बिद्यालय
ठूलाडिहीका प्राचार्य खुमबहादुर रानालाई एक
साताअघि बर्खास्तगरी चिरन्जीवी लम्साललाई
प्राचार्य पदमा नियुक्त गरिए लगत्तै विवाद सुरु भएको थियो।

रानाको पुर्नवहालीको माग गर्दै जिल्ला शिक्षा कार्यालय
घेराउ गर्न आइपुगेका बिद्यार्थी, अभिभावक र एमाले
निकट शिक्षक संगठनका करिब सय शिक्षकहरु शिक्षा कार्यालय
भित्र प्रवेश गर्न खोजेपछि प्रहरी र
आन्दोलनकारीबीच झडप भएको थियो।
आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार
गरेपछि प्रहरीले भिड
नियन्त्रणका लागि लाठी चार्ज गरेको थियो । त्यसबाट
पनि भिड नियन्त्रण नभएपछि प्रहरीले एक राउण्ड
रवर गोली र ६ राउण्ड अश्रृग्यास प्रयोग
गरेको प्रहरी निरीक्षक वेदप्रसाद वरालले
जानकारी दिए।

करिब २ बर्षअघि जनता उमाबिका तत्कालीन प्राचार्य
खेमनारायण दोरंगाले स्वेच्छिक अवकास पाएसंगै
सो बिद्यालयमा प्रधानाध्यापक नियुक्तमा विवाद चल्दै आएको थियो।
यसअघि सोही बिद्यालयमा खुमबहादुर रानाले
प्रधानाध्यापक भई कामकाज चलाउदै आएका थिए।

यसैबीच, धेरै समयदेखि प्राचार्य नियुक्तमा विवादित
सो बिद्यालयमा शिक्षक संघ, संगठन र युनियनको सहमति अनुरुप
आफुले चिरन्जीवी लम्साललाई
सरुवा गरिएको बताउछिन
शिक्षा अधिकारी संगीता रेग्मी ।

एकिकृतमाओवादि उपाध्यक्ष पोस्टवाहादुर वोगटि(दिवाकरको) मृत्यु :


काठमाडौं, भदौ ३० – एकीकृत नेकपा–
माओवादीका उपाध्यक्ष पोष्ट बहादुर
बोगटीको पार्थिव शरीरलाई
पार्टीको मुख्यालय पेरिसडाँडा लगेर अन्तिम
श्रद्धान्जली दिइएको छ ।
बोगटीको पार्थिव
शरीरमा एमाओवादी अध्यक्ष
प्रचण्डले पार्टीको झण्डा ओडाएर अन्तिम
श्रद्धान्जली व्यक्ति गरेका थिए
बिहीबार हृदयघात
भएपछि बाँसबारीस्थित गंगालाल हृदयरोग
केन्द्र लगिएका उनलाई मष्तिष्कघात समेत
भएको पाइएपछि थापाथलीस्थित नर्भिक
अस्पतालमा उपचारका क्रममा विहान ७ :२५
मिनेटमा निधन भएको थियो ।

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved