Home » » पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्लील क्रियाकलापमा संलग्न दुई महिला पक्राउ

पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी अश्लील क्रियाकलापमा संलग्न दुई महिला पक्राउ

महोत्तरीको श्रीपुर
गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै
गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले
गएराति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने
घरधनी २७
वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३०
वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने
३० वर्षीय छोटु नदाफ,
जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७
वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४
वर्षीय भोला राम
रहेको जिल्ला प्रहरी कार्यालय
महोत्तरीले जनाएको छ।
श्रीपुर–१ बस्ने रामएकवाल
रामकी पत्नी गुलाबिया देवीले
पति वैदेशिक
रोजगारीमा रहेको मौका छोपी आफूसमेत
संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै
गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट
खटिएको प्रहरी टोलीले
उनीहरुलाई रङ्गेहात पक्राउ
गरेको प्रहरी उपरीक्षक सौरभ राणाले
बताए।
तिनीहरुलाई आवश्यक
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय
महोत्तरी ल्याइएको छ। रासस

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved