Showing posts with label ज्योतिष विज्ञान. Show all posts
Showing posts with label ज्योतिष विज्ञान. Show all posts

विवाहपछि चम्किन्छ, यो राशी हुने मान्छेको भाग्य

प्राजसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक
हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै
खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने
गर्छन् ।

त्यस्तै
नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर
ही, हू, हे, हो, डा, डू, डी, डे
वा डो आउँछ भने तपाईंको राशी कर्कट हो ।
यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य
चम्किने ज्योतीष शास्त्रको दाबी समेत
रहेको छ ।
त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार
र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले
दाबी गरेको छ । कर्कट
राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले
हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन
पर्दैन् । तर विवाह भएपछि निकै नै सुखी हुन्छन् ।

कर्कट राशीको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ ।

विवाह पछि भाग्य र परिवर्तन यस
राशीको मानिसको जीवनमा विवाहले
ठूलो परिवर्तन ल्याउँछ । यो राशी हुनेहरुको भाग्य
विवाहपछि खुल्नेछ । विवाह
गरेपछि यीनीहरुले जुन काममा हात
हालेपछि सफल हुनेछ । कर्कट राशी हुने
मानिसहरुले आफूले गरेको निर्णय परिवर्तन गरिरहने
बानी हुन्छ । यो राशीका मानिसहरुएकदमै
परिश्रमी र इमान्दार हुन्छन् ।

जन्मेको महिनाबाट थाहा पाउनुस तपाई कस्तो हुनुहुन्छ

ग्रह, नक्षत्र, बार,
तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ ।
यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस् ।

- बैशाख महिना= बैशाख महिनामा उत्पन्न हुने मानिस
भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार
भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान,
स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

- जेठ महिना= जेठ महिनामा जन्मिएका मानिसहरु
विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

- असार महिना= यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा,
धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै
सुख भोग गर्ने हुन्छन् ।

- साउन= साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख
तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

- भदौ= भदौ महिनामा जन्मिने मानिसहरु सधैँ
खुसी रहने, धेरै बोल्ने, मधुर
बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।

- असोज= यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका,
अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

- कार्तिक= यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम
बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

- मंसिर= यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने,
धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार,
पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन्

- पुस= यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर,
देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने
खालका हुन्छन् ।

- माघ= यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर,
निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

- फागुन महिना= यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण
भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान,
सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

- चैत= यस महिनामा जन्मिने व्यक्ति दार्शनीक,
अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र
रिसाहा हुने गर्दछन् ।

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved