काठमाडौं । कुनै समय नेपाली समाजमा राजा र
राजपरिवारलाई भगवानको प्रतिकको रुपमा लिइन्थ्यो । अहिले
पनि विश्वका विभिन्न देशमा राजतन्त्र कायमै छ ।
नेपालमा २४० वर्षसम्म शाहवंशमा धेरै राजाहरुले शासन
गरे त्यसमध्ये राजा वीरेन्द्र र
उनको राजपरिवारको जीवनशैली निकै
सरल थियो ।
हुन त अहिले नेपालबाट राजतन्त्रको अन्त्य भएर
गणतन्त्रको स्थापना भइसकेको छ तर
पनि नेपाली समाजमा स्व
राजा वीरेन्द्र र उनको परिवारलाई हेर्ने छुट्टै
नजर छ, उनीहरु आज जनताको मन
मनमा बस्न सफल भएका छन् ।
विं.सं २०५८ जेठ १९ गते
राति भएको भयानक दरवार हत्याकाण्डसंगै
राजा वीरेन्द्र र
उनको परिवारको जीवनका थुप्रै रहस्यहरु
लोप भए ।
तर पनि वीरेन्द्र र
उनको परिवारको बेला बेलामा सकारात्कम चर्चा चलिनै रहन्छ
।
वीरेन्द्र जस्तै उनको परिवारका सवै
सदस्यहरुको जीवनशैली पनि सामान्य
नै थियो । सरल स्वभावका स्व राजा वीरेन्द्रले
आफ्नी छोरी श्रुतीलाई
राजधानीकै पद्मकन्या क्याम्पसमा पढ्नुले
पनि उनको सामान्य जीवनलाई पुष्टि गर्दछ ।
सरल स्वभावकै कारण जनजनको मनमावास गर्न सफल स्व
राजा वीरेन्द्रको जीवनका केही रमाइला,
महत्वपूर्ण र अदृश्य तस्वीरहरु
यस्ता छन । तस्वीर इन्टरनेटबाट
0 comments:
Post a Comment