Showing posts with label यौन स्वास्थ्य. Show all posts
Showing posts with label यौन स्वास्थ्य. Show all posts

महिलामा सन्तान नहुनुको मुख्य कारणहरु:

कुनै कुनै स्त्रीहरुले सन्तान जन्माउन
सक्दैनन् । त्यस्तो अवस्थालाई बाँझोपन भनिन्छ ।
यस्ता दम्पती मध्ये धेरैले
आफ्नो जीवन एक्लो र फिका अनुभव गर्दछन्
। समाजमा सन्तान नहुनेलाई
अपुतो भनी हेला गर्ने चलन छ ।
यस्ता मान्छेहरुको सन्तान नहुनुका कारणहरु
पत्ता लगाउन सकेमा बाँझोपनको उपचार गर्न सकिन्छ ।

– वीज
ग्रन्थीको खराबीले
गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु


वीजवाहिनी नलीहरुमा केही अवरोध
हुनु । यस्तो भएमा अपरेशनबाट ठीक
हुनसक्छ ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।
– योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर
शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।

– ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक
खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित
आमाको बारम्बार गर्धपतन भइरहन्छ ।

– रगतको ज्यादै नै कमी भएर पनि गर्भ
रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन
चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।

– आयोडिनको कमी हुनु ।
यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म
खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन
त्यहाँ उब्जेको,
फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ ।
त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।

– गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने
बित्तिकै राम्रो उपचार गर्ने
अङ्गहरुमा टी.बी.
जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै
उपचार गराउनु पर्छ ।

– स्त्री रागरसको कमी हुनु ।
कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ । -स्वास्थ्य
खबर पत्रिका

सन्तान जन्माउन चाहादा पनि किन गर्भ रहदैन र यसको उपाय के हो !! जानी राख्नुहोला !!!!

सम्भोग पश्चात् हुने वीर्य
स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान
गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे
सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन
सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ
। वीर्य उत्पादन हुने मुख्य स्थान
भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु
उत्पादन हुने स्थान अण्डकोष हो। अण्डकोषमा शुक्राणुहरु
उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य
ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार
वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु
सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित
हुन्छन् । यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य
एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न
नसकिने शुक्रकिट हो । स्खलन हुँदा शुक्राणु
वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले
गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल
वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै
हुँदैन शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन ।
सम्भोग गर्दा किन गर्भ रहदैन यसको क्षमता र
गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ ।
यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव
परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ ।
अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने
केही फरक तत्वहरु छन् । सर्वप्रथम
अण्डकोषमा विकिरणको प्रभाव प¥यो भने शुक्राणु उत्पादनमा ¥हास
आउन सक्छ । जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु,
क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक
औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु
उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन
मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ ।

किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ ।
यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु
पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने
दीर्घकालीन रुपमा हुन सक्छ । यसबाट
बच्नका लागि सबै चेतनशील वर्गले समयमै सोच्नु
पर्दछ । जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने
बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो ।
हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन
टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ
भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ
सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ ।

यसको ठीक विपरीत धुम्रपान
गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र
तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ । यस कारणले
गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ
। यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । धेरै
ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क
गर्नु पनि ठीक हुँदैन ।

शुक्राणुको संख्या घटाउने
क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पु
¥याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पु¥याउने
खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष
ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु
हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु
हो । परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने
स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल
शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम
गरिन्छ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट
नलीहरु वीर्य ग्रन्थीसम्म
पुगेका हुन्छन् । यी शुक्रकिट
नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै
वीर्य ग्रन्थीसम्म पु¥याउनु हो ।

भ्याक्सेटोमी गर्दा यही शुक्रकिट
नलीको बाटो भएर शुक्राणु जाने–आउने क्रमलाई बन्द
गरिन्छ । शुक्रकिट नलीलाई
बीचमा यसरी बन्द
गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य
बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य (तरल
पदार्थ मात्र) सदाझैं स्खलन हुने काम हुन्छ र
वीर्यसँगै शुक्रकिट भने हुँदैन । यसले गर्दा गर्भधारण
हुन सक्दैन ।

टाउको दुखेको वेला सम्भोग गर्न हुन्छ कि हुदैन ? गरे के हुन्छ ?


एजेन्सी । हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक
महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन
तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक
व्यक्तिका लागि महत्वपूर्ण हुन्छ ।समाज विकशित हुँदै
गएको भएपनि यौनका एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले
वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक
तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई
सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न
खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र
सरीरमा उर्जा समेत भर्दछ ।विषयमा धेरै
भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् ।
यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत
गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् ।

कण्डम निर्माता कम्पनी ड्युरेक्सले
गरेको टर्कीमा भएको एक अनुसन्धानले
पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग
सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले
औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने
दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमैसमाप्त हुन्छ
।वैज्ञानिकहरुले मुखमैथुन
गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन
अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख
वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला स #2375;रेटोनिन हर्मोनको उत्पादन बढ्छ ।
यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ ।
टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक
दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने
प्रयास गर्छन् ।

यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले
बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ । एक नयाँ अध्ययनले
कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक
दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने युवतीहरुले
दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ
निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् ।
साहिँली औँलाको लम्बाइ बढि हुने
पुरुषको यौनांगको आकार ठूलो हुन्छ । अमेरिकामा गरिएको एक
अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५
प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र
स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन्

के हामीलाइ सधैंभरि यसरी यौन सम्पर्क बिना नै बस्नु पर्ला ?

म २६ वर्षीय विवाहित युवा हुँ।
मेरो विवाह भएको चार वर्ष भैसकेको छ।
मेरी श्रीमती २४
वर्षकी भइन्, तर उनको अहिलेसम्म
एकपटक पनि महिनावारी भएको छैन।
उनको योनिको प्वाल पनि एकदमै सानो छ।

हामीबीच यौनसम्पर्क हुँदैन
र मैले यौनसन्तुष्टि पनि प्राप्त गर्न सकेको छैन।
यो समस्याको उपचार कति सम्भव छ ?
कि हामीले सधैंभरि यसरी नै
बस्नुपर्छ ?

टी.
सानो योनि
भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन्। त्यसमध्ये
पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ,
त्यसको मुनितिरको अर्को अलि ठूलो प्वाललाई योनिद्वार
भनिन्छ। योनिद्वार भगक्षेत्रको विचतिर हुन्छ।
त्यही भित्रतिरको नलीलाई
हामी योनि वा योनिमार्ग भन्छौं।
योनि मांसपेशीले बनेको एकदमै लचिलो यस्तै
३-४ इन्च लामो मार्ग हो। सामान्य
अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग
टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै
पातलो छालाको झिल्ली हुन्छ, जसलाई
योनिच्छद भनिन्छ। योनिमार्गको बाहिरी एक
तिहाई भाग यौन संवेदनशील हुन्छ।
लचिलो तन्किन सक्ने तन्तुले बनेकाले यसले तुलनात्मक
रूपमा केही मोटो लिङ्गलाई पनि सजिलै
ग्रहण गर्न सक्छ।
कसैकसैको योनिको मांसपेशीमा संकुचन आउँछ र
योनि खुल्दैन अनि यौनसम्पर्क गर्न नसकिने हुन्छ। यस
किसिमको अवस्थालाई Vaginismus भनिन्छ।
धेरैजसो अवस्थामा भयातुर वा डर नै यसको कारण हुन्छ।

मानसिक समस्याले
कसरी यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ,
यकिनका साथ भन्न गाह्रो छ तर पहिलो यौनसम्पर्क
शारीरिक तथा मानसिक
रूपमा पीडादायक भएको स्थितिमा लामो समयसम्म
त्यसको असर रहन सक्छ।
तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव
कस्तो रह्यो, केही लेख्नुभएको छैन। कुनै
डर वा भय छ भने पत्ता लगाई हटाउनु आवश्यक छ।
योनिच्छद निकै बाक्लो भएर त्यसको प्वाल सानो छ भने
पनि तपाईंले भनेजस्तो समस्या देखा पर्न सक्छ। तपाईंले
औंला पसाउन सकिन्छ-सकिँदैन,
केही लेख्नुभएको छैन। त्यसका साथै
योनिको गहिराइ नाप्ने प्रयास गर्नुभएको वा नाप्नुभएको भए
त्यसका बारेमा लेख्नुभएको भए पनि जवाफ दिन
सजिलो हुने थियो।
सुख्खा हुँदा पनि योनि सानो भएजस्तो लाग्छ, तर
त्यस्तो केही भएको बुझिँदैन।

महिनावारी नै किन नभएको होला ?

महिनावारी नै नहुने अनेक
कारणका बारेमा कुरा गर्नुभन्दा पहिले
महिनावारी कसरी हुन्छ भन्ने
कुरा गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग,
पिटयुटरी ग्रन्थि तथा डिम्बाशयवाट निस्कने
हार्मोनहरूले महिनावारीलाई सञ्चालन
गर्छ। Hypothalamus बाट gonadotropin
releasing hormone
जसको प्रभावमा पिटयुटरी ग्रन्थिले
follicular stimulating hormone (FSH)
तथा luteinizing hormone (LH) निकाल्छ।
FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ, तर
पनि प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम
भएको स्थितिमा पाठेघरको भित्री तह
तुहिन्छ र ३ देखि ६ दिनसम्म
महिनावारीको रगत बग्छ।
त्यसपछि इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus
लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ
अनि डिम्बाशयवाट डिम्बको निष्कासन हुन्छ। डिम्बाशयबाट
डिम्ब निस्कने ठाउँ (corpus luteum)ले प्रशस्त
मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ ।
त्यसको प्रभावले पाठेघरको भित्री तह
निसेंचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई
उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन
र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले
पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र
अर्को महिनावारी सुरु हुन्छ।
महिनावारी साधारणतया ११ देखि १३
वर्षको किशोरावस्थामा सुरु हुन्छ, तर यो ९ देखि १८
वर्षको बीचमा कुनै पनि बेला हुन सक्छ।
सामान्यतः स्तनको विकास हुन थालेको एक वर्ष पछितिर
महिनावारी सुरु हुन्छ। अन्य लक्षण
नलेख्नुभए पनि तपाईंले
श्रीमतीको महिनावारी नभएको कुरा गर्नुभएको छ।
यो एकदम महत्त्वपूर्ण कुरा हो। एकपटक
पनि महिनावारी नहुनुले
केही गम्भीर कुराको संकेत
गरेको हुन सक्छ। एकपटक
पनि महिनावारी नहुनुले
यो प्रणाली सुचारु रूपले सञ्चालन
नभएको संकेत मिल्छ।
किशोरावस्थामा हुने अन्य परिवर्तन भएर पनि १५
वर्षको भैसक्दा पनि एकपटक
पनि महिनावारी नहुँदाको स्थितिलाई
Primary Amenorrhoea भनिन्छ।

यसका कारणका कुरा गर्दा पाठेघरको मुख बन्द हुनु,
योनिच्छदमा प्वाल नै नहुनु, पाठेघर वा योनि नहुनु,
योनिको बीचमा अर्को भित्ता (septum) हुनु
मुख्य संचरनागत खराबी हुन्। उचित
समयमा उचित मात्रामा हार्मोनहरूको निष्कासन
नभएको हुन सक्छ। मस्तिष्कमा हुने
खराबी वा डिम्बाशयले ठीक काम
गर्न नसक्दा पनि यस्तो समस्या उत्पन्न हुन्छ।
गम्भीर कुपोषण, दीर्घरोग,
वंशाणुगत खराबी, पाठेघरको संक्रमण, अन्य
जन्मजात खराबी वा टयुमरजस्ता कुराले
पनि यस्तो स्थिति उत्पन्न गराएको हुनसक्छ।
केही स्थितिमा कारण नै थाहा हुँदैन।
तपाईंले महिनावारीमा मासिक रूपमा हुने
लक्षण देखिएको छ कि छैन अर्थात् मासिक रूपमा पेट दुख्ने
अनि श्रीमतीको पेट ठूलो हुँदै
आएको कुरा लेख्नुभएको छैन।
तपाईंकी श्रीमतीको हकमा पाठेघर
वा योनि राम्रोसँग विकसित नभएको हुनसक्ने
बलियो सम्भावना छ।

अब के गर्ने ?
समस्याको निदान भएपछि मात्र उपचारको कुरा गर्नु मनासिब
होला। त्यसैले समस्याको कारणतर्फ नै ध्यान दिनु उचित
हुन्छ। त्यसका लागि संरचनागत खराबी छ
कि छैन भन्ने कुरा पत्ता लगाउन स्त्रीरोग
विशेषज्ञसँग
तपाईंकी श्रीमतीको जाँच
गराउनुपर्ने हुन्छ। आवश्यक परे
हार्मोनसम्बन्धी विशेषज्ञको सहायता पनि लिनुपर्ने
हुन्छ। त्यसका लागि विभिन्न परीक्षण
जस्तै पेट अर्थात् कटि प्रदेशको भिडियो एक्सरे,
टाउकोको सिटी स्क्यान तथा एमआरआई,
क्रोमोजोमको परीक्षण अनि विभिन्न हार्मोन
परीक्षण गराउनुपर्छ।(साप्ताहिक )

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved