Showing posts with label मनोरंन्जन. Show all posts
Showing posts with label मनोरंन्जन. Show all posts

यस्ता आँखा पनि खतरनाक, यस्ता आँखा हुनेसँग बच्नुस...

भनिन्छ जो कसैलाई पनि आँखामा गहिरोगरी हेर्यो भने
सम्पूर्ण ब्यक्तित्व आँखाबाटै बुझ्न सकिन्छ । यसैकारण आँखालाई
मनको ऐना पनि भनिन्छ ।
समुन्द्र शास्त्रमा पनि आँखाँको वर्णन निक्कै राम्रोसँग गरिएको छ ।
यसमा भनिएको छ कि आँखाको बनौटबाट नै ब्यक्तिको गुण दोष
थाहा पाउन सकिन्छ ।

चलाख ब्यक्तिका आँखाः निला आँखा सुन्दर मानिन्छ तर सुन्दर
आँखाको पछि नलाग्नुस् । यस्ता ब्यक्ति निक्कै चलाख हुन्छन् र
विश्वास गर्दा समस्या हुन सक्छ किन भने यिनीहरु
विश्वास तोड्न कुनै आइतबार कुर्दैनन् । आफ्नो स्वार्थ
पुर्ति भयो भने यिनीहरु जो सुकैलाई पनि धोखा दिन
सक्छन् ।

यस्ता आँखा पनि खतरनाकः काला र गोला आँखा हुने ब्यक्तिसँग
पनि बँच्नु राम्रो हुन्छ । किन भने
उनीहरुको आँखा मात्र होइन स्वभाव
पनि साँपको जस्तो हुन्छ । यस्ता आँखा हुनेहरुले मौका मिल्ना साथ
फाइदा लिन खोज्छन् ।

यस्ता आँखा हुनेमा शाहस हुँदैनः जसको आँखा साना हुन्छन्
त्यस्ता ब्यक्तिमा साहसको कमि हुन्छ ।
यिनीहरुको सोंच्ने दायरमा पनि साँघुरो हुन्छ ।
यिनीहरु पनि आफ्नो फाइदालाई अधिक महत्व दिन्छन्
। अरुप्रति साहनुभुति कम हुन्छ ।

बुढी औंलाबाट थाहा हुन्छ को कति कामुक

हस्त रेखा विज्ञानका ज्ञाताहरु
हातको बुढी औंलाको बनावट अध्यन गरेर स्वभाव र
भविष्यबारे धेरै कुरा भन्न सकिने बताउँछन् ।
बुढी औंलाको बनौट
हाम्रो हातको बुढी औंला तीन
भागमा बाँढिएको हुन्छ । प्रथम भाग सबै भन्दा माथिल्लो,
दोश्रो मध्यम र अन्तिम भाग । यदि कुनै
पनि ब्यक्तिको बुढी औंलाको माथिल्लो भाग लामो छ भने
ब्यक्ति दृढ इच्छा शक्ति भएका र आत्म निर्भर हुन्छन् ।

यस्ता ब्यक्ति स्वतन्त्रतापूर्वक निर्णय र काम गर्ने हुन्छन् ।
यिनीहरु काममा सफल मात्र होइन आर्थिक हिसावले
पनि समृद्ध हुन्छन् ।
यदि बुढी औंलाको पहिलो भागमा रेखा सोझा छन् भने
यस्ता ब्यक्तिलाई धनको कमी हुँदैन ।
यस्ता ब्यक्ति विश्वसनीय र इमान्दार हुन्छन् ।
जसको बुढी औंलामा क्रश रेखा हुन्छ
त्यस्तो ब्यक्ति खर्चालु हुन्छन् र समस्यामा पनि पर्छन् । मध्य
भाग यदि कुनै पनि ब्यक्तिको बुढी औंलाको मध्य भाग
लामो छ भने यिनीहरुको प्रगती छिटो हुन्छ
र दिमाग पनि तेज हुन्छ । समाजमा मान प्रतिष्ठा समेत कमाउँछन् ।
यदि बुढी औंलाको मध्यभागमा गोलाकार चिन्ह छ भने
यस्ता ब्यक्ति बहस गर्न सिपालु हुन्छन् । यदि कुनै
ब्यक्तिको बुढी औंलाको मध्यभागमा त्रिभुजको आकार ५
भने यस्ता ब्यक्तिले बिज्ञानको क्षेत्रमा सफल हुन्छन् । तर
यो भागमा जालीको चिन्ह छ भने यस्ता ब्यक्तिको चरित्र
खराव हुन सक्ने बताइन्छ । ज्योतिष शास्त्रका अनुसार
बुढी औंला सुन्दर हुने ब्यक्ति बुद्धीमान र
चतुर हुन्छन् । यिनीहरु चुतर्याइँपूर्वक काम सम्पन्न
गर्छन् । कुनै पनि ब्यक्तिको बुढी औंलाको तल्लो भाग
निक्कै लामो छ भने यस्ता ब्यक्ति कामुक हुन्छन् ।

बुढी औंला छोंटो र मोटो हुने ब्यक्ति असभ्य र अरुलाई
गाली गर्ने प्रवृत्तिका हुन्छन् । यिनीहरु
अरुलाई हानी गर्न पनि पछि पर्दैनन् ।

हिन्दु धर्म अनुसार मृत्युका संकेतहरु:जानी राखौं

मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ ।
मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ
उसको मृत्यु निश्चित छ । मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण
कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो ।
यहि कारणहरुले
गर्दा मानिसहरु मृत्यु देखि निकै डराउने गर्दछन् । तर
यसो भन्दैमा मृत्यु माथि विजय पाउन सकिँदैन । मृत्यु कसैलाई
पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ,
तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु
धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन्
जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।
मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव
पुराणका अनुसार एकपटक देवी पार्वतीले
भगवान शिव सँग कसैको मृत्यु हुँदै छ भन्ने
कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् ।
उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १०
संकेतहरुको बारेमा बताएका छन् ।

१. मृत्युको संकेत नम्बर
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ
देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।

२. मृत्युको संकेत नम्बर
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव
पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६
महिनाभित्र हुने बताइएको छ ।

३. मृत्युको संकेत नम्बर
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई
व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।

४. मृत्युको संकेत नम्बर
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार
फर्फराइरहेको छ
भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ

५. मृत्युको संकेत नम्बर
यदि कोही व्यक्तिको संवेदनशील अंग
ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिना भित्र
मर्दैछ भन्ने संकेत हो ।

६. मृत्युको संकेत नम्बर
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने
प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।

७. मृत्युको संकेत नम्बर
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने
पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित
हुने बताइएको छ ।

८. मृत्युको संकेत नम्बर
यदि मानिसले
आकाशमा ध्रुव
तारा देख्न
छाडेमा यसको अर्थ
उक्त
व्यक्तिको मृत्यु
अघिल्लो ६
महिनामा हुने
बताइएको छ

९.
मृत्युको संकेत
नम्बर
जब
कुनै
व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त
व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।

१०. मृत्युको संकेत नम्बर
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट
भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नु पर्छ ।
(एजेन्सी)

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved