Showing posts with label अन्तराष्ट्रिय समाचार. Show all posts
Showing posts with label अन्तराष्ट्रिय समाचार. Show all posts

अबको १२ घण्टामा अरबियन सागरमा हुदहुद’ जस्तै नयाँ आँधी आउँदै

काठमाडौँ। हुदहुद नामको सामुद्रिक आँधीको प्रभाव
सकिएको एक हप्ता नबित्दै त्यत्तिकै खतरायुक्त
नयाँ आँधी आउन लागेको अनुमान गरिएको छ । अरबियन
सागरमा हुदहुद जस्तै अबको १२ घण्टामा आउने त्यसले
आँधीको रूप लिने मौसम पूर्वानुमान महाशाखाले
जनाएको छ । नयाँ आँधीको नामाकरण भने यस पटक
पाकिस्तानले गर्ने मौसमविद् मीनकुमार अर्यालले
जानकारी दिनुभयो । अघिल्लो हुदहुदको नाम ओमनले
राखेको थियो । समुद्रको पिँधमा भू–कम्पका कारण
आँधी उत्पन्न भएपछि जापानले केही वर्ष
पहिले ‘सुनामी’ को नाम दिएको थियो ।
सामुद्रिक किनारमा रहेका विभिन्न मुलुकले आँधीको नाम
पालैपालो राख्ने प्रचलन रहँदै आएको छ ।

‘अरबियन
सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुँदैछ ।
भारतको मध्य प्रदेशभन्दा तल्लो भागबाट
नेपालको पूर्वी भागमा यसको असर देखिएको छ,
जसका कारण नेपालमा हिजोदेखिनै मौसम बदली भएको छ,
आज पनि मौसम बदली भई काठमाडौँलगायत
देशका विभिन्न भेगमा पानी परेको छ’ मौसमविद् अर्यालले
भन्नुभयो । उहाँले सामुिद्रक आँधीको प्रभावले मौसम
बदली भई केही दिन
पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते
आँधीको बढी प्रभाव पर्ने अनुमान
गरिएको उल्लेख गर्नुभयो । उक्त समयमा उच्च
हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने
बताइएको छ । मौसमविद् अर्यालका अनुसार आँधीले
भारतको पश्चिमी क्षेत्रका गुजरात र
राजस्थानमा बढि प्रभाव पार्नेछ, भने
नेपालका मध्यपूर्वी र पश्चिमी भेगमा निकै
प्रभाव पार्ने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण
देशभरका पहाडी भेगमा आज मौसम
बदली भई हल्का वर्षासमेत भएको महाशाखाले
जनाएको छ । महाशाखाको विवरणअनुसार
काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २५.२ र न्यूनतम तापक्रम
१२ डिग्री सेल्सियस रहेको छ भने काठमाडाँैमा १.८
मिलिमिटर वर्षा भएको छ ।

वैज्ञानिकले वनाए यस्तो अनौठो ‘हावा छाता’, अब हावाले नै दिनेछ ओत

अब छाताको छानो कत्रो छ ? एउटा कतिजना सम्मलाई ओत देला ?

कतै च्यातिएको पो छ की ? चुहिन्छ की ?
भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले
यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै
छ र सोही लठ्ठीले जस्तोसुकै
झरीमा पनि जिउमा एकथोपा पानी पर्न दिनेछैन
र पूर्ण रुपमा ओत लगाउनेछ । चिनिया वैज्ञानिकहरुले बनाएको उक्त
छातालाई ‘एयर अम्ब्रेला’ अर्थात् हावा छाता नाम दिइएको छ ।
यसको नाम जस्तै काम पनि छ ।
किनकी यसमा पानी तर्काउन वा ओत
दिनका लागि कुनै चिजवस्तुको प्रयोग गरिएको छैन ।

हेयर ड्रायर आकारको एक
प्लास्टिकको छडी भएको यो छाताले ३ गोलाकार क्षेत्र
भित्र ओत प्रदान गर्न सक्छ । चीनको बेइजिङ
तथा नान्जिङका विद्यार्थी शोधकर्ताहरुले
यस्तो अत्याधुनिक छाताको आविष्कार गरेका छन् । अदृश्य
हावाको छानोयुक्त यो छाताको माथिल्लो भागमा तिब्र गतिमा सबैतर्फ
हावा फ्याँक्ने प्रविधि जडान गरिएको छ । हावा यति तिब्र गतिले
सबैतर्फ फ्याँकिन्छ की आकाशबाट
झरेको पानीलाई हावाले नै टाढा हुत्याइदिन्छ, ३ फिट
परसम्म । अनि सो लठ्ठीमुनि कम्तिमा पनि दुइ जनाले
ढुक्कले ओत पाउँछन् । यस्तो अनौठो छाताको आविष्कारकहरुले
अर्को वर्षको अन्त्यसम्ममा यसको व्यवसायिक उत्पादन सुरु हुने
अपेक्षा गरेका छन् । यो छाता निकै हलुका समेत हुनेछ ।

यसको माथिल्लो भागमा रहेको पंखा चलाउनका लागि ब्याट्रीको प्रयोग
गरिएको छ । जुन एकपटक चार्ज गरेपछि १५
मिनेटदेखि आधा घण्टासम्म चल्नेछ । अर्थात् यो छाता एक
पटकमा अधिकतम आधा घण्टासम्म मात्रा ओड्न सकिनेछ र
त्यसपछि चार्ज नगरिएसम्म यसले काम गर्दैछ । त्यसैले
यो छाता लामो यात्रामा भन्दा छोटो समयका लागि घर बाहिर
निस्कँदा वा सहरी बटुवाका लागि उपयुक्त हुने
बताइएको छ । यो छाताले पानीका थोपालाई हुत्याउने
हुँदा अरु मानिसलाई रुझाउने सम्भावना हुन्छ । त्यसैले यो छाता ओढ्ने
मानिसले निकै ख्याल गर्नुपर्ने हुन्छ । यसका आविष्कारकहरु भने
वषर्ातको समयमा छाता नओढ्ने मानिस त्यसैपनि रुझ्ने
हुँदा यो छाता ओढेका मानिसले आफ्नो छाताका कारण अरु मानिस रुझ्लान
भनेर चिन्ता नलिनुपर्ने बताउँछन् । यो छाताले फ्याँक्ने
पानीलाई परम्परागत छाताले अवश्य पनि तर्काइदिन्छ ।
बिजनेस इनसाइडरबाट

अमेरिकी हवाई आक्रमणमा लडाकूको हतियार भण्डार ध्वस्त

काठमाडौं, आश्विन २३ ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र
टर्कीको सीमामा रहेको कोबान
शहरमा इस्लामिक स्टेटका लडाकुविरुद्ध भीषण
आक्रमण जारी राखेका छन् ।
हवाई आक्रमणमा लडाकूको हतियार भण्डार ध्वस्त
गरिएको बताइएको छ । हवाई आक्रमण
प्रभावकारी बन्दै गरेको र आईएस लडाकू
पछि हट्न बाध्य हुन थालेका एक कुर्दिस
अधिकारीले दावी गरेका छन् ।

तीन सातादेखिको संघर्षमा ४
सयभन्दा बढी व्यक्ति मारिनुका साथै एक लाख ६०
हजारभन्दा बढी नागरिक अन्यत्र पलायन
भएका छन् । कोबान शहर
आईएसको नियन्त्रणमा आएमा सिरिया र
टर्कीको लामो सीमा क्षेत्र
नियन्त्रणमा जाने छ । आईएसले सिरिया र इराकको ठूलो भूभाग
आफ्नो नियन्त्रणमा लिएको छ ।

चट्याङ पर्दा कोलम्बियामा ११ जनाको मृत्यु ????

काठमाडौं, आश्विन २१ । कोलम्बियाको उत्तरी दूर्गम
पहाडी क्षेत्रमा चट्याङ
पर्दा आदिवासी समुदायका ११ जनाको मृत्यु भएको छ
भने १५ जना घाइते भएका छन् ।

उनीहरुलाई सेनाले उद्धार गरी अस्पताल
लगेको बीबीसीले जनाएको छ ।
चट्याङ पर्दा त्यहाँ करिब ६० जना मानिस जम्मा भएका थिए ।
स्थानीय ‘वीवा’ जातीय
समूहका केही नेता एक आध्यामिक अनुष्ठानमा भाग
लिइरहेका बेला चट्याङ परेको बताइएको छ

सेक्स गरि सकेपछि धुन पनि मिल्ने र सरुवा रोग नसर्ने कण्डम आयो

अहिले सम्म यौनाङ्गमा लगाउने कण्डोम बजारमा थियो । अव भने
शरीरको तल्लो भाग नै ढाक्ने कण्डोम आएको छ ।
२ अमेरिकी कम्पनीले यौन सम्पर्क
गर्दा शरीरको तल्लो भागलाई सुरक्षित राख्न भन्दै
यस्तो कण्डोम सार्वजनिक गरेका हुन् । यो कण्डोम लगाउँदा छालाबाट
सर्ने रोग र अन्य यौन सम्बन्धका कारण सर्ने रोग नसर्ने
उत्पादकको दावी छ ।
खासगरी विभिन्न आसनमा यौन सम्बन्ध राख्ने र
सुरक्षित यौन सम्बन्ध राख्नेहरुका लागि लक्षित गरेर यो कण्डोम
ल्याएको कम्पनीको भनाइ छ ।
यो कण्डोमले लिङ्गको वरीपरीको छाला र
स्त्री यौनाङ्ग
वरिपरीको छालाबीच हुने घर्षण हुन नदिने
र विभिन्न संक्रमणबाट बँच्न सकिने
कम्पनीको दावी छ ।
अमेरिकाको स्वास्थ्य विभागले भने यो कण्डोमलाई मान्यता दिइ
सकेको छैन । यो धुन समेत मिल्ने कण्डोमलाई १९ डलर पर्ने
कम्पनीको जनाएको छ । यो कण्डम को प्रयोग
कसरि गर्ने भन्ने बारे बुझ्न तलको भिडियो हेर्नुहोला

Hot videos

् महिलाहरु अपरिचित विदेशी भूमी जस्तै हुन् जसलाई बुझ्न कठिन हुन्छ ! केटीका बारेमा यी ७ कुरा ख्याल गर्नुहोस्

काठमाडौं । विवाह आफैंमा एक महत्वपूर्ण
परिघटना हो । विवाहले
मानिसको जीवनमा खुसी र दुःख दुवै
दिनसक्छ । विवाहका बारेमा हरेक मानिसहरुमा आफ्नै बुझाई
रहेका छन् । तर विवाह गर्नु अघि सबैले
केटीका बारेमा केही कुरा बुझ्न अत्यावश्यक
हुन्छ । भनिन्छ, महिलाहरु अपरिचित
विदेशी भूमी जस्तै हुन् जसलाई बुझ्न
कठिन हुन्छ । तर
केटीको बारेमा केही कुरा थाहा पाइयो भने
त्यसलाई सुधार्न वा वैवाहिक जीवनलाई सरल बनाउँन
मद्दत पुग्छ ।

१.कडा बचन विवाह
अघि केटा केटी बिचमा सामान्य सम्बन्ध
भएपनि विवाहपछि त्यो अली जटिल बन्छ । पहिले
केटीहरुले खासै झगडा नगरेपनि अधिकांश
केटीहरुसँग विवाहपछि झगडाका घटना बढेको पाइन्छ ।
त्यतिमात्र होइन केटीहरु विवाहपछि तपाइँले सोंचे
भन्दा कठोर बचन बोल्छन् । यसबारेमा तपाईले बुझ्न सक्नुभएन भने
विवाहपछिको सम्बन्ध तपाईलाई निल्नु न ओकल्नु हुनसक्छ ।
२.हरेक विषयमा बहस अधिकाँश महिलाहरु आफ्ना पुरुषसँग
हरेक जसो विषयमा बहस गर्न खोज्छन् । चित्त
नबुझेका विषयमा हुने कतिपय यस्ता बहस झगडामा नै परिणत
हुन्छन् । कुनै कुरा भन्नुपरे सम्झाई बुझाई वा नोट लेखेर
छोडेमा उपयुक्त हुनसक्छ । तर सधैं नोट लेख्नु राम्रो होइन ।
३.जिस्किने बानी विवाहअघि जति महिलाहरु जिस्कन्छन्
विवाहपछि त्यसको मात्रा र रुपमा परिवर्तन हुन्छ ।
उनीहरु जिस्किरहँदा बढी उत्ताउलो हुने
कुरामा सधैं ख्याल गर्छन् । विवाह पछि जिस्किनै हुँदैन भन्ने छैन ।
तर विवाह पछिको रोमान्समा पनि जिस्किने र ठट्टा गर्ने
बानीमा समय, काल अनुसार परिवर्तन ल्यानु
जुरुरी हुन्छ । विवाह पछि कुनै
पनि महिला प्रेमिका भन्दा बढी पत्नीको रुपमा रहन
चाहन्छन् । तर पुरुषहरु भने प्रेमिका जस्तै भइदिए हुन्थ्यो भन्ने
ठान्छन् ।
४. खर्चका बारेमा भइरहने तनाब
विवाहपछि खर्चको व्यवस्थापन गर्ने जिम्म पुरुषहरुकै
हातमा आइलाग्छ । अधिकाँश महिलाले
खर्चको विषयमा श्रीमान्सँग पैसा नदिएको वा नचाहिने
कुरामा खर्च गरेको जस्ता विषयलाई लिएर झगडा गर्छन् । तर
हरेकपटक खर्चको विषयमा झगडा गरिरहनु
सम्बन्धको दीर्घायुका लागि घातक हुन सक्छ ।
यस्ता विषयमा सावधानी अपनाउन सक्नुपर्दछ ।
५.पतिको परिवारको उपस्थिति महिलाहरु
विवाहपछि आफ्नो पतिको घरका सदस्यहरुको उपस्थितिलाई असहज
मान्ने खालका पनि हुन्छन् । सासु, ससुरा, देवरजेठाजु, नन्दआमाजु
समेत मन नपराउने स्वभाव हुनसक्छ । धेरै जसो महिलामा हुने
यो बानी केटाले बुझेनन् भने सम्बन्ध धरापमा पर्न सक्छ
। पतिको घरमा गइसकेपछि महिलाले यो परिवार मेरै हो र
यसका सदस्य मेरा पनि सदस्य हुन् भन्ने बुझ्न र केटाले
केटीको यस्ता बानीबारे थाहा पाउन
जरुरी छ ।
अन्यथा श्रीमतीका कारण बाबुआमा, दाजुभाई,
दिदीबहिनीसँगको सम्बन्ध
नराम्रो हुनसक्छ ।
६.पतिले साथी ल्याएमा झन्झट
मान्ने महिलाहरु पतिले आफ्ना साथीहरुलाई
घरमा ल्याइरहेको मन नपराउने स्वभावका हुन्छन् । पतिले आफूसँग
बढी समय विताओस भन्ने चाहानाले
उनीहरुलाई पतिका साथी आएको मन पर्दैन
। तर यो महिलाको यो बानीबारे
जानकारी नभएका अधिकाँश पुरुषले अनावश्यक
हैरानीको सामना गर्नुपर्ने हुनसक्छ ।
७.आफ्नै
साथीहरु बिर्सने विवाहपछि अधिकाँश महिलाहरु
आफ्ना पुराना साथीलाई बिर्सदै जान्छन् । नयाँ सम्बन्ध र
नयाँ साथी पाएपछि पुरानालाई याद नगर्ने
बानी हुन्छ महिलाहरुमा । तर जव
नयाँ सम्बन्धमा समस्या उत्पन्न हुन्छ, त्यसबेला भने
उनीहरुले पुराना साथीलाई खोज्न थाल्छन् ।
महिलाले पुराना साथी भुल्ने समस्या सुधार गरेनन् भने
उनीहरुलाई समस्या पर्दा साथ दिनेहरु
कोही नहुन सक्छन् ।

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved