१. क्यान्सरका एक सय भन्दा बढी प्रकार छन् ।
यो रोगले
शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ ।
२.
सन्
२००८ मा क्यान्सरका कारण ७६ लाख मानिसको मृत्यु भएको थियो ।
यो भनेको विश्वभरमा हुने समग्र मृत्युको १३ प्रतिशत हो ।
३.
क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत मृत्यु
अल्प
विकसित र कम विकसित देशमा हुने गरेको छ ।
४. विश्वभरमा नै
क्यान्सरका कारण हुने पुरुष मृत्युमध्येमा फोक्सो, पेट, कलेजो,
कोलोरेक्टल र अन्न नलीको क्यान्सर प्रमुख पाँच
कारण
रहेका छन् ।
५. विश्वभरमा नै क्यान्सरका कारण हुने
महिला मृत्युमध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र
पाठेघरको क्यान्सर प्रमुख पाँच कारण रहेका छन् ।
६.
सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण
गरेमा क्यान्सरबाट
हुने २२ प्रतिशत मृत्यु रोक्न सकिन्छ । विश्वमा क्यान्सर
रोकथाम
गर्न सकिने यो एक मात्र ठुलो उपाय हो ।
७. विश्वभरमा हुने
क्यान्सरका कारणमध्ये पाँच भागको एक भाग जटिल
संक्रमणका कारण
हुन्छ । उदाहरणका लागि ह्युमन प्यापिलोमा भाइरसका कारण
पाठेघरको मुखको क्यान्सर र हेपाटाइटिस
बी भाइरसका कारण कलेजोको क्यान्सर हुन्छ ।
८.
समयमा नै पत्ता लगाई उचित उपचार गर्ने हो भने स्तन, पाठेघर,
मुख
र कोलोरेक्टल क्यान्सर निको पार्न सकिन्छ ।
९. क्यान्सर
लागी सकेपछि हुने पीडाबारे र अन्तिम
अवस्थामा दिइने सेवाको बारेमा जानकारी दिँदा क्यान्सर
लागेका व्यक्तिहरुको अन्तिम क्षण सहज हुन्छ ।
१०.
सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन
गर्ने,
व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान सेवन गर्दा ३० प्रतिशत
भन्दा बढी क्यान्सर निदान गर्न सकिन्छ । साथै
विकासोन्मुख राष्ट्रमा ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस
बिबिरुद्धको खोप दिइयो भने क्यान्सरका कारण हुने २० प्रतिशत
मृत्यु
कम गर्न सकिन्छ ।
~
अन्त्यमा,
रोग लाग्ने कुरा सबैलाई थाहा छ .
जानकारी पनि छ .बच्ने
उपाय पनि थाहा छ . तर पालना भने नगर्ने .कसरि भने मुटुको रोग
लागेको छ भन्ने कुरा थाहा पायर बिहानै मार्निंग वाक गर्न जानु
पनि हुन्छ तर चुरोट पिउंदै गर्नु हुन्छ
अनि बेलुका उही भट्टीमा .औषधीपनि खाने
बनि ब्यबहार मा चेन्ज नगर्ने अनि कहिले हुन्छ
विकास .जबसम्म
ब्यबहारमा परिवर्तन ल्याउन सकिंदैन तब सम्म हाम्रो हालत
यहि नै
हुन्छ .!!!
____________
Diyu poudel
0 comments:
Post a Comment