Home » » हत्या गरेको आंशकामा प्रहरीद्वारा बाबुछोरा पक्राउ:

हत्या गरेको आंशकामा प्रहरीद्वारा बाबुछोरा पक्राउ:

जनकपुर, असोज २१ – धनुषमा एक
महिलाको रहस्यमय रुपमा ज्यान गएको छ ।
हत्या गरेको आशंकामा प्रहरीले
श्रीमान र ससुरालाई पक्रेको छ ।
गएको शुक्रबार बेलुका धनुषाको भूचक्रपुर–४ का २७
वर्षका हरिकान्त महतोकी २१
वर्षकी श्रीमती निलम
देवीको रहस्यमय तरिकाले ज्यान गएको थियो ।

निलमले आत्महत्या गरेको वा हत्या भएको भन्ने
अनुसन्धानका लागि निलमका पति हरिकान्त र
ससुरा भोला महतोलाई पक्रेको
ईलाका प्रहरी कर्यालय महेन्द्रनगरले
जनाएको छ । गएको शुक्रबार नै निलमको शवसहित
समातिएका दुबै जनालाई पोष्टमार्टमको रिपोर्ट नआएसम्म
छोड्न नसकिने प्रहरी निरीक्षक
कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गत शुक्रबार
बेलुका एकाएक निलमको रहस्यमय मृत्यु भएपछि कसैलाई
जानकारी नदिइ एम्बुलेन्स बोलाएर बाहिर लैजान
लाग्दा घटना सार्वजनिक भएको थियो ।

निलमले पासो लागेर आत्महत्या गर्ने प्रयास
गरेपछि उपचारको लागि लैजाँदै गर्दा बाटोमा नै ज्यान
गएको घरपरिवारले
दावी गरेपनि निलमको शरीरको विभिन्न
भागमा कुटपिटको डामहरु देखिएकोले
हत्या भएको हुनसक्ने
आशंका गरिएको निरीक्षक केसीले
बताउनुभयो । गाउँलेका अनुसार निलम र
उनका श्रीमानबीच
केहि दिनदेखि नियमित विवाद हुँदै आएको थियो ।

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved