Home » » आफन्तले नै खुवाए महिलालाई दिसा म्याग्दी, असोज

आफन्तले नै खुवाए महिलालाई दिसा म्याग्दी, असोज

म्याग्दीमा एक महिलालाई आज आफन्तले
दुव्यर्वहार गर्दै दिसा खुवाएका छन् ।
बेनी नगरपालिका– ७ क्याम्पस चोककी ४२
वर्षीया कोपिला बानियाँलाई उनकी आमाजू र
भान्जीले
दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय
म्याग्दीले जनाएको छ ।
बानियाँलाई स्थानीय ५०
वर्षीया मैती थापा र २५
वर्षीया विस्सु केसीले
दिसा खुवाएको प्रहरी निरीक्षक विमलकुमार
उपाध्यायले बताए ।
पसलमा बसिरहेकी बानियाँलाई
दिसा खुवाएको जानकारी पाएपछि थापा र
उनकी छोरी केसीलाई पक्राउ
गरी अनुसन्धान सुरु
गरेको प्रहरी निरीक्षक उपाध्यायले
जानकारी दिनुभयो । “दिसा खुवाउने र पीडित दुवै
पक्ष प्रहरी कार्यालयमा छन्,” उपाध्यायले भने –
“घटनाको कारण पत्ता लगाई दोषीमाथि कानुनअनुसार
कारबाही हुन्छ ।”
थापा बानियाँकी आमाजू र
केसी भान्जी पर्छिन् । उनीहरू
छिमेकीसमेत हुन् ।
प्रहरी कार्यालयमा पुग्दासमेत बानियाँले लगाएको कपडा,
अनुहार र छातीमा दिसा देखिन्थ्यो भने
उनी रोइरहेकी थिइन् ।
उनको शरीर दिसाले दुर्गन्धित
बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा संलग्नले बानियाँलाई दिसा खुवाएको स्वीकार
गरेका छन् । आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्न
जाँदा बानियाँले अपशब्द प्रयोग गरेकाले आमाले
दिसा खुवाएको प्रहरी कार्यालयमा पुगेका सञ्चारकर्मीलाई
केसीले प्रतिक्रिया दिए ।

पीडित कोपिलाका श्रीमान् यामबहादुर बानियाँले
एक
वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा कोपिलालाई
बोक्सीको आरोप लगाएपछि मनमुटाव भएको र
सोही विषयलाई लिएर श्रीमतीलाई
दिसा खुवाएको बताए ।
पीडित र पीडक पक्षका अनुसार
यसअघि घरपरिवार र आफन्तका सदस्यबीच मनमुटाव
साम्य पार्ने प्रयास भए पनि सफल हुन सकेका छैनन् ।..

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved