Home » » १३ सय वर्ष देखि समुन्द्रमा तैरिरहेको यस्तो अनौठो गाउँ (फोटो फिचर सहित)

१३ सय वर्ष देखि समुन्द्रमा तैरिरहेको यस्तो अनौठो गाउँ (फोटो फिचर सहित)

के तपाइँले कहिल्यै यस्तो ठाउँको बारेमा सुन्नु भएको छ जुन
समुन्द्रमाथि बसालिएको छ । सुन्नु भएको छैन भने थाहा पाइराख्नुस्
चीनमा समुन्द्रमाथि बसाइएको एउटा गाउँ छ ।
समुन्द्रमा बसालिएको यो गाउँमा ७ हजार माछा मार्ने मानिस बस्छन् ।
यो गाउँलाई टंका भनिन्छ । दक्षिणपूर्वी प्रान्त
फुजियानमा अवस्थित निङ्डे नामक
शहरको छेउँमा समुन्द्रमाथि यस्तो बस्ती छ ।

चीनमा परापूर्व कालमा ताङ राजबंशको शासन थियो ।
यी राजाहरुले स्थानीय जनजातिलाई यति धेरै
उत्पीडनमा राखे कि यी जनजाति समुन्द्रमै
बस्न थाले । यिनीहरुलाई 'जिप्सीज अन द
सी' भन्न थालियो । यो जनजातीय
समुदायको जिविका माछा मारेर नै चलेको छ भने आधुनिक विकाशसँग
यिनीहरुलाई कुनै मतलव नै छैन । १३०० वर्ष
देखि यिनीहरु यही समुन्द्रमा नै बस्दै
आएको बताइन्छ । उनीहरुका घर समुन्द्रमा तैरिने
किसिमले बनाइएका हुन्छन् ।

विवाह देखि अन्तिम संस्कार सम्म समुन्द्रमै
यो टंका समुन्द्रको किनारामा कहिल्यै पनि आउँदैन थे । तर
चीनमा जनवादी गणतन्त्र
स्थापना भएपछि भने यिनीहरु
शहरीया मानिसहरुसँग पनि सम्पर्कमा आउन जन्म
देखि मृत्यु सम्मका सबै संस्कार समुन्द्रमै गर्ने
यी जनजाति अव भने शहरमा पनि आउन थालेका छन् ।

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved